स्याङ्जा । स्याङ्जाको पुतलिबजारमा नगरपालिका–१ मालेबगरमा संञ्चालन भएको दोस्रो पुतलिबजार कप–२०७८ को उपाधि गल्कोट नगरपालिका बाग्लुङले हात पारेको छ ।
शनिबार भएको फाईनल खेलमा गल्कोटले शुक्लागण्डकी नगरपालिकालाई ३–२ को सेटमा पराजित गर्दै जित हासिल गरेको हो । जितसंगै गल्कोटले नगद ५ लाख रुपौयाँको साथमा कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यसै गरी प्रतियोगितामा उपविजेता बनेको शुक्लागण्डकी नगरपालिकाले नगद २ लाख रुपौयाँको साथमा कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।
शुक्रबार तेस्रो र चौथो उपाधिका लागि भएको खेलमा पुतलिबजार नगरपालिका आयोजक तेस्रो भएको थियो भने वालिङ्ग नगरपालिका चौथो भएको थियो । उनिहरुले क्रमश ः नगद एक लाख ५० हजार र ७५ हजार साथमा कप, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।
प्रतियोगितमा बेष्ट प्लेयर गलकोटका प्रकाश सुनार घोषित भएका छन् । जहाँ उनले नगद ३० हजार साथमा शिल्ड र प्रमाण पत्र प्राप्त गरेका छन् । यसै गरी बेस्ट ब्लकर गल्कोटका राजु विक, बेस्ट कोच सुरेन्द्र केसी गल्कोट, बेस्ट डिफेन्डर वालिङका ईश्वर गुरुङ, बेस्ट सर्भर शुक्लागण्डकीका विशाल ठकुरी, बेस्ट स्पाइकर पुतलीबजारका सञ्जुविक्रम शाह र शुक्लागण्डकीका बेस्ट सेटर अशोक ठकुरी घोषित भएका छन् । उनहरुले जनही १५ हजार साथमा शिल्ड र प्रमाण पत्र प्राप्त गरेका छन् ।
पुतलिबजार नगरपालिकाको मुख्य प्रायेजनामा पुतलिबजार नगर युवा तथा खेलकुद विकास संञ्जालले प्रतियोगिताको आयोजना गरेको थियो ।