स्याउलिबजार । दोस्रो ल्होसार कप सेभेन ए साइड फुटबलको उपाधि पल्टन एफसी नवलपुरले जितेको छ । शनिबार भएकोको फाईनल खेलमा आयोजक भ्यालि युथ क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै पल्टन एफसीले उपाधि जितेको हो ।
खेलको पहिलो हाफमा पल्टन एफसीका शिव हमालले गोल गर्दै क्लबलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको अतिरिक्त समयमा भ्यालिका श्यामकाजि परियारले गोल गर्दै खेललाई बराबरीमा पु¥याएका थिए । त्यसपछि निर्धारित समयमा १–१ बराबरी भएपछि खेल पेनाल्टी सुट आउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा ३–२ को गोल अन्तरमा पल्टन एफसीले जित सुनिश्चित गरेको हो ।
प्रतियोगिताको विजेता पल्टन एफसीले उपाधि सहित नगद ५५ हजार ५५५ रुपैयाँको साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता भ्यालिले ३३ हजार ३ सय ३३ रुपैयाँमा चित्त बुझाएको छ ।
प्रतियोगितामा भ्यालिका श्यामकाजि परियार सर्वेकृष्ट खेलाडी घोषित भए । पल्टन एफसीका कृष्ण गुरुङ उत्कृष्ट गोलरक्षक र भ्यालिका अंकित थापा सर्वाधिक गोलकर्ताको रुपमा घोषित भए । प्रतियोगिताका विजेता खेलाडीलाई गण्डकी प्रदेशसभा सदस्य किरण गुरुङले पुरस्कृत गरेका हुन् ।
ल्होसारको अवसरमा शुक्लागण्डकी नगरपालिका–९ स्याउलीबजार खेल मैदानमा भएको प्रतियोगितामा ३१ समुहले सहभागिता जनाएका थिए ।