दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्याउलीबजारमा ल्होसार पर्वको अवसर पारि आयोजना गरिको दोस्रो ल्होसार कप २०७८ सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजक भ्याली युथ क्लव र योङ्ग स्टार युथ क्लव नवलपुर फाईनलमा प्रवेश गरेका छन् ।
आज भएको पहिलो सेमिफाईनल खेल योङ्ग स्टार युथ क्लव र शिलादेवी युवा क्लवबिच भएको थियो । दुबै टिमले खेल अवधिभर गोल गर्न नसकेपछि पेनाल्टी सुटआउट भएको थियो । जसमा ५–४ गोलको अन्तर योङ्ग स्टार युथ क्लबले जित सुनिश्चित गरि फाईनल खेलमा प्रवेश गरेको थियो ।
यसै गरि दोस्रो सेमिफाईनल खेलमा आयोजक भ्याली युथ क्लबले व्यास युथ क्लबलाई पेनाल्टी सुटआउटमा ७–६ गोल गरि जित निकालेको थियो । खेलमा दुबै टिमको १÷१ गोल भएपछि पेनाल्टी परेको थियो ।
भ्यालिले १० गते देखी आयोजना गरेको प्रतियोगित पुस १५ अर्थात तमु ल्होसारमा सक्ने भनिएता पनि अबिरल बर्षाका कारण १४ र १५ गते खेल स्थगीत गरिएको क्लवका सचिव सुमन श्रेष्ठले जानकारी दिए । उनका अनुसार भोलि विहान ११ बजेपछि फाईनल खेल सुरु हुने भएको छ । प्रतियोगितामा प्रथम हुनेले नगद ५५ हजार ५ सय ५५ र द्धतीय हुनेले नगद ३३ हजार ३ सय ३३ रुपौंया साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट गोलकर्तालाई पनि सम्मान गरिने आयोजकले जनाएको छ ।