स्याङ्जा । स्याङ्जाको पुतलिबजारमा नगरपालिका–१ मालेबगरमा संञ्चालन भईरहेको दोस्रो पुतलिबजार कप–२०७८ को फाईनल खेलमा शुक्लागण्डकी नगरपालिका तनहुँ र गल्कोट नगरपालिका बाग्लुङ्ग प्रवेश गरेका छन् । पुतलिबजार नगरपालिकाको मुख्य प्रायेजनामा पुतलिबजार नगर युवा तथा खेलकुद विकास संञ्जालले आयोजना गरेको प्रतियोगिताबाट दुई टिम फाईनल खेलमा प्रवेश गरेका हुन् ।
आज भएको पहिलो सेमिफाईनल खेलमा गल्कोट नगरपालिकाले वालिङ्ग नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै फाईनल खेलमा प्रवेश गरेको थियो । यसै गरि दोस्रो सेमिफाईनल खेलमा शुक्लागण्डकी नगरपालिकाले आयोजक पुतलिबजार नगरपालिकालाई ३–१ को सेटमा नै जित निकालेको थियो । आयोजकका अनुसार भोलि मध्यान्न १२ बजेपछि फाईनल खेल संञ्चालन हुने छ ।
शुक्लागण्डकी नगरपालिकाले आजसम्म गल्कोट नगरपालिकालाई फाईनल खेलमा पराजित गर्न सकेको छैन् । शुक्लागण्डकी नगरपालिकाले आयोजना गरेको मेयर कप र दोस्रो अध्यक्ष ऋषिङ कपमा दुई पटक सम्म फाईनले खेलमा प्रतिशपर्धात्मक खेल खेले पनि हार वेहोर्नु परेको थियो । अब भोलि हनुे फाईनल खेलमा शुक्लागण्डकीले गल्कोटलाई बदला लिने सुनौलो मौका हुने छ भने गल्कोटलाई निरन्तर जित निकाल्ने अवसरमा हुनेछ ।
आज भएको तेस्रो र चौथो उपाधिका लागि भएको खेलमा पुतलिबजार नगरपालिका आयोजक तेस्रो भएको छ भने वालिङ्ग नगरपालिका चौथो भएको छ ।
प्रतियोगितामा प्रथम हुनेले नगद पाँच लाख , द्वित्तीय हुनेले दुई लाख, तृतीय हुनेले एक लाख ५० हजार र चौथो हुनेले ७५ हजार साथमा कप, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडिले ३० हजार प्राप्त गर्नेछ भने उत्कृष्ट विधातर्फ जनही १५ हजार प्राप्त गर्नेछन् ।