काठमाण्डौं । पत्रकारी राज्यका चौंथो अंग हुन् । उनिहरुले समाजमा भएका विकृति विसंगति, कुसंस्कार, भ्रष्ट्रचार, अनियमितताको विषयमा आवाज उठाउछन् र सम्बन्धीत निकायलाई झकझकाउछन् । तर यस कार्य गर्दा पत्रकारहरुमाथि कतिपयले धम्की दिने, आक्रमण गर्ने लगायतका कार्यहरु गरि प्रेस स्वतन्त्रताको हनन गरिरहेका हुन्छन् । जस अन्र्तगत सन् २०२१ जनवरीदेखि डिसेम्बर ३१ सम्म नेपालमा प्रेस स्वतन्त्रता हननका ६२ वटा घटना भएका छन् । ती घटनामा १९० जना पत्रकार पीडित भएका छन् भने ४ सञ्चारमाध्यम प्रभावित हुन पुगेका छन्।
नेपाल पत्रकार महासंघको अभिलेखअनुसार सन् २०२० मा ५२ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका थिए भने यस बर्ष बढेर ६२ वटा पुगेको छ । जसमा पत्रकारमाथि ३२ वटा धम्की तथा दुर्व्यवहारका घटना घटेका छन् भने पेशागत असुरक्षाका १० वटा घटना भएका छन् । त्यस्तै, कब्जा र अवरोधका १० वटा घटना भएका छन् भने पत्रकार आक्रमणका ५ वटा घटना भएका छन्। यसैगरी, पत्रकार गिरफ्तारीका ४ वटा घटना भए भने नीतिगत बन्देजको १ घटना भएको महासंघको अभिलेखमा छ।
भ्रष्टाचार, अनियमिततालगायत समाचार लेख्दा वा प्रसारण गर्दा पत्रकार र सञ्चार माध्यमले यस्तो समस्या बेहोर्नु परेको महासंघले जनाएको छ ।