खैरेनीटार । नेपालमा पछिल्लो समय महिला हिंसाका घटना दिन प्रतिदिन बढिरहेको छ । प्राय हुने हिंसात्म गतिविधि महिलामाथि हुने गरेको पाईन्छ । आखिर किन महिलाहरु हिंसाको सिकार भईरहेछन् ? महिला हिंसा रोक लगाउन के गर्नुपर्ला ? भनि ग्रामीण स्वास्थ्य तथा शिक्षा सेवा गुठी रेष्ट तनहुँ अल्मुनाले घरेलु तथा महिला हिंसा सम्बन्धी जनचेतनामुलक नाटक मञ्चन गरेको छ ।
आज शुक्लागण्डकी नगरपालिका ६ खैरेनिटार स्थित खैरेनी माध्यामिक विद्यालयम प्राङ्गडमा उक्त नाटक मञ्चन गरेको हो । बढ्दो घरेलु तथा महिला हिंसा न्यूनिकरण गर्नका लागि नाटक प्रस्तुत गरिएको रेष्ट तनहुँ अल्मुनाकी सदस्य आशा पौडेलले जानकारी दिईन । ‘नेपालमा धेरैजसो घरेलु हिंसा र महिला हिंसाका घटनाबाट घटिरहेका छन् । जब सम्म हामी पिडा सहिरहन्छौ तबसम्म हामी हिंसाको भुमरीमा परिहन्छौ । यस्ता घटनालाई न्यूनिकरण गर्नका लागि महिलाले आफ्नो दबिएको आवाजलाई बाहिर ल्याउन जरुरी छ’, उनले भनिन् ।
नाटकमा समाजमा दैनिकी जसो हुने गरेका घरेलु हिंसा र महिला हिंसाको कारुणिक अवस्था देखाई अन्त्यमा आफुलाई परेको हिंसाको विरुद्धमा बोल्दा हिंसा हुनबाट मुक्ति मिलेको दृष्य प्रस्तुत गरिएको थियो । नाटकमा सपना सेन्चुरी (सासु), पुजा पाठक (ससुरा), सम्झना विक (बुहारी), शिला राना मगर (देवर) आशा पौडेल (शिक्षिका), अञ्जली विक र रिना राना मगर प्रहरिको भुमिकामा रहेका थिए भने रेष्ट तनहुँ अल्मुनाकी उपाध्यक्ष संगिता विकले कार्यक्रमको संञ्चालन गरेकी थिईन् ।
रेष्ट तनहुँ अल्मुनाकी अध्यक्ष पुनम राना मगरको सभापतित्तवमा सम्पन्न कार्यक्रममा रेष्ट तथा अमेरिकन हिमालयन फाउन्डेसनका कन्ट्रि डाईरेक्टर बु्रस मोर, खैरेनी मा.विका विव्यस अध्यक्ष बुद्धिबहादुर थापा लगायत विभिनन विद्यालयका विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।