तपरगाउँ । पछिल्लो समयमा रोजगार, व्यवसाय र अन्य कार्यका गर्नका लागि गाउँका मानिसहरु सहरतिर केन्द्रित हुन थालेका छन् । गाउँमा रहेका प्रसस्त खेतियोग्य जमिन बाँझो राखेर सहरका सानो सटरमा भाडा तिरेर व्यवसाय सञ्चालन गर्नेहरुको कमि छैन् । तर यता, तनहुँको शुक्लागण्डकी नगरपालिका–३ तपरगाउँका दिपेन्द्र पौडेल दुलेगौंडा बजारमा राम्रै अफसेट प्रेस संञ्चालन गरेर बसेको भएता पनि १७ बर्षपछि आफ्नै गाउँ फर्किएर रिसोर्ट संञ्चालन गरेका छन् ।
तपरगाउँ पछिल्लो समय एक्लिदै गएको महशुस गरेपछि पौडेललाई गाउँको विरासतले तानेको उनको भनाई छ । गाउँ आफैमा सुन्दर रहेको हुदाँ यसलाई चिनाउनको लागि रिसोर्ट संञ्चालन गरेको बताए । पौडेलका अनुसार गाउँका युवाहरुले उजाडिएका गाउँका पाखाहरुलाई पुनः हराभरा बनाउनका लागि अग्रसर हुनुपर्दछ । ‘मैले विगत १७ बर्ष पछाडी गाउँको जमिनलाई हराभरा बनाउने कोसिस गरेको छु । निर्माणको करिब ४० प्रतिशत पनि काम सम्पन्न भएको छैन् । तर आफु चल्दै, रिसोर्ट चलाउदै अगाडी बढ्नेछु ।’
गाउँको सुन्दर, शान्त र रमाणिय वातावरणमा रिसोर्ट संञ्चालन गरेको हुदाँ ठाउँको अवलोकन गर्न र रमाईलो गर्नका लागि मानिसहरु तपरा गाउँसम्म आउने पौडेलले विश्वास लिएका छन् । उनका अनुसार उक्त रिसोर्टबाट विहानिको सुर्यदय र बालको अनौठो अकृती, भुजिकोट, स्थानथोक, दुलेगौडा, खैरेनिटार लगायतका बजार क्षेत्र अवलोकन गर्न सकिनेछ ।
आज बरिष्ठ लोक दोहोरी गायक पुरुषोत्तम न्यौपानेले रिसोर्टको औपचारीक रुपमा उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै अबको समयमा युवाहरुले गाउँमा नै भविष्य देख्न आग्र गरे । उनले गाउँमा रिसोर्ट संञ्चालन हुदाँ गाउँको उत्पादनले पनि स्थान पाउने हुदाँ स्थानीयहरुले गर्व गर्ने बाटो सिर्जना भएको बताए । ‘तपाईहरुले गाउँमा दिपेन्द्रले रिसोर्ट संञ्चालन ग¥र्याे भनेर ईस्या गर्ने होईन । अब हामीले उत्पादन गरेका साग, गुन्द्रुक, पिठो, दही, मोहि, घिउ, फुर्सदमा बुनेका टपरी लगायतका सामग्री बिक्री हुने भयो भनेर खुसी हुनुस्’ उनले भने ।
रातमाटा टोल विकास संस्थाका अध्यक्ष गोकर्ण कुवँरको सभापतित्वमा सम्पनन उद्घाटन कार्यक्रममा गायक शंकर पन्त, समाजसेवी देवेन्द्र ढुंगाना, युवा नेता संचिन भुजेल लगायत गाउँका आमा समुह, टोलविका संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।