दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्याउलीबजारमा ल्होसार पर्वको अवसर पारि आयोजना गरिको दोस्रो ल्होसार कप २०७८ सेभेन ए साइड फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ । भ्याली युथ क्लबले फुटबल खेल्ने खेलाडीको संरक्षण गरी रष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगिता आयोजना गरेको थियो ।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिका–९ का वडाध्यक्ष लोकनारायण श्रेष्ठले खेलकुदले पनि समाज र राष्ट्रलाई चिनाउने हुदाँ अनुशासित ढंगले खेल खेल्न आग्रह गरे । खेलाडीको क्षमता विकास गराउने खेलको रुपमा फुटबल पनि रहेको हुदाँ वडा कार्यालयबाट खेलकुद शिर्षकको बजेट केही रकम सहयोग गरेको पनि बताए ।
क्लबका अध्यक्ष सुवास साहि ठकुरीको सभापतित्वमा भएको उद्घाटन शत्रमा तालवेसी माध्यामिक विद्यालयका विव्यस अध्यक्ष विशाल केसी, समाजसेवी व्यक्ति मुक्तिप्रसाद सापकोटा लगायतले शुभकामना मन्तव्य दिएका थिए । साथै उक्त कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाकी कार्यपालिका सदस्य गीता महत, स्याउलिबजार टोल विका संस्थाकी उपाध्यक्ष वसुनधरा रिमाल, स्याउलिबजार आमा समुहकी अध्यक्ष बेलकुमारी गुरुङ, शिखर आमा समुहकी अध्यक्ष ईन्द्रा केसी लगायतको उपस्थिती रहेको थियो भने क्लबका सचिव सुमन श्रेष्ठले कार्यक्रम संञ्चालन गरेका थिए ।
आज भएको उद्घाटन खेलमा आयोजक भ्यालि युथ क्लब (वाई-Y) ले कवासे यूनाईटेड क्लब २–० गोलको अन्तरमा जित सुनिश्चित गरेको थियो । जहाँ भ्यालिका अंकित थापा मगरले २ गोल गरेका थिए । यसै गरि दोस्रो खेलमा फ्रेन्डसिप युथ क्लब बेलचौतारा विजयी भएको छ । जहाँ क्याम्पस रोड भिमादलाई १–० गोलको अन्तरमा बेलचौताराले जित निकालेको थियो । साथै तेस्रो खेलमा अर्दश नमुना युवा क्लब मनहरीले नर्सरी युवा क्लबलाई ३–१ गेलको अन्तरमा विजयी भएको क्लबका सचिव सुमन श्रेष्ठले जानकारी दिए ।