काठमाडौं । सरकारले हरेक बर्ष खाद्यान्नमा आत्मनिर्भर हुने भन्दै विभिन्न कार्यक्रम ल्याए पनि अझैसम्म पनि परनिर्भर बन्न सकेको छैन् । बढी मात्रमा आयात गरे पनि केही प्रतिशत निर्यात पनि गर्ने गरेको छ । जस अन्र्तगत चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालको निर्यात व्यापार एक सय प्रतिशतभन्दा धेरैले बढेको छ ।
भन्सार विभागको तथ्याङ्कअनुसार साउनदेखि मङ्सिरसम्मको पाँच महिनामा नेपालले एक खर्ब दुई अर्ब रुपैयाँको सामान निर्यात गरेको छ । यो गएको वर्षको पाँच महिनाको तुलनामा एक सय पाँच दशमलव ६१ प्रतिशतले धेरै हो । गएको वर्षको पहिलो पाँच महिनामा नेपालले ५० अर्ब पाँच करोड रुपैयाँको वस्तु निर्यात गरेको थियो ।
पाँच महिनामै एक खर्ब रुपैयाँको सामग्री निर्यात हुनुलाई वैदेशिक व्यापारको क्षेत्रमा ठूलो सफलताको रूपमा हेरिएको छ । गएको आर्थिक वर्ष २०७७÷७८ मा नेपालले एक खर्ब ४१ अर्ब रुपैयाँको निर्यात गरेको थियो । सरकारले २०६४ सालमा बनाएको तीन वर्षे अन्तरिम योजनामा आर्थिक वर्ष २०६६÷६७ भित्र नेपालको निर्यात व्यापारलाई वार्षिक एक खर्ब रुपैयाँ पु¥याउने लक्ष्य राखेकोमा पूरा नभएपछि आर्थिक वर्ष २०६९÷७० मा एक खर्ब रुपैयाँको निर्यात गर्ने लक्ष्य लिएको थियो ।