राईपुर । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले विद्यालयमा संगठन विस्तारलाई जोड दिएको छ । मंगलबार अखिलले शुक्लागण्डकी नगरपालिका–११ मा रहेको आधारभुत मावी साँखे, महेन्द्र मावी हटिया र राजपुर मावी भुस्नापुरमा कमिटी विस्तार गरेको अखिल क्रान्तिकारी शुक्लागण्डकीकी उपाध्यक्ष विनिता भण्डारीले जानकारी दिईन् ।
अखिल क्रान्तिकारीले विद्यार्थीहरुको विषयमा विभिन्न काम गरेको हुदाँ ग्रामिण क्षेत्रमा रहेको विद्यालयमा विद्यार्थीको समस्या पहिचान गरि समाधान गर्नका लागि आफुहरुले कमिटि विस्तार गरेको उपाध्यक्ष भण्डारीले बताईन् । उनका अनुसार आधारभुत मावीमा निशान सुनारको अध्यक्षतामा ६५ सदस्यीय कमिटी गठन गरिएको छ । महेन्द्र मावीमा प्रवेश क्षेत्रीको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरिएको छ भने राजपुर मावीमा संसार हमालको अध्यक्षतामा २५ सदस्यीय कमिटी गठन गरिएको छ ।
कार्यक्रममा अखिल क्रान्तिकारी तनहुँ अध्यक्ष मिलन महत, शुक्लागण्डकी अध्यक्ष आशिष भण्डारी, नेकपा माओवादी शुक्लागण्डकी–११ का इन्चार्ज जिवन पोखरेल, वडा कमिटी सचिव राजु भण्डारी, शुक्लागण्डकी नगर कमिटी सदस्य तिलक मल्ल लगायतको उपस्थिती रहेको थियो ।