तनहुँ ढोरफिर्दीमा जन्मेका युवा नेता प्रदिप पौडेलले नेपाली कांग्रेसको १४औ महाधिबेशनमा पार्टिको महामन्त्री पदमा उम्मेद्वारी दर्ता गराएका छन् । नेपाली कांग्रेसको राजनीतिमा सधै बिशेष भूमिका राख्ने तनहुँ जिल्लाबाट रामचन्द्र पौडेल पछी माथिल्लो पदाधिकारीमा उम्मेदवारी दिएका प्रदिप पौडेलको उम्मेदवारीसँग तनहुँको प्रतिष्ठा पनि जोडिएको छ ।
धेरै समय अघिदेखिनै महामन्त्रीको लागी आकांक्षा देखाएका पौडेल अन्तत कांग्रेसको महामन्त्री नेता कृष्ण प्रसाद सिटौला र प्रधानमन्त्री शेर बहादुर देउबाबिचको सहमति संगै देउवा प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दर्ता गराएका हुन् ।
नेपाल बिद्यार्थी संघको राजनीतिमा रहदा देखिनै चर्चा कमाउदै आएका प्रदिप पौडेल कांग्रेसको १४औँ महाधिबेशन सम्म आइपुग्दा बलियो अवस्थामा रहेको कांग्रेसका नेता का
र्यकर्ताहरुको बुझाइ छ । संस्थापन र सिटौला समुह मिल्दा त्यसैपनी महाधिबेशन प्रतिनिधिहरुको ठुलो सङ्ख्या छ, झनै संस्थापन इतर समुह सभापती र पदाधिकारिमा समेत बिभाजित भएपछी पौडेल मजबुत बनेको कांग्रेसभित्र चर्चा छ । त्यसमाथि पनि उनको बिशेष क्षमता र सम्बन्धका कारण व्यक्तिगत लोकप्रियताका मत पनि उतीकै रहेको राजनैतिक विश्लेषकहरु बताउदछन ।
कांग्रेसको यो महाधिवेशनमा देशैभरिबाट युबा बिधार्थी प्रतिनिधिहरु बढी आएका छन । त्यसको लाभ पनि उनले उठाउनेछन । नेता पौडेल लामो समय नेबिसंघमा काम गरेर संघको चितवन अधिबेशनबाट अत्याधिक मत सहित अध्यक्षमा निर्बाचित भएका थिए । पार्टी भित्र भद्र सालिन र बैचारिक नेताको छबी बनाएका पौडेल युबा बिधार्थी माझ झनै लोकप्रिय मानिन्छन ।
कांग्रेसमा प्रदिप पौडेलको इतिहास:
प्रदिप पौडेल नेपाली राजनीतिज्ञ तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन् । नेपाली कांग्रेसको १३औँ महाधिवेशनमा उनी सर्वाधिक लोकप्रिय मत ल्याई ५ औ नम्बरमा पार्टीको केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । उनले आफ्नो राजनीतिक करियर नेपाली कांग्रेसको विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घबाट सुरु गरेका थिए। उनको बिशेष भूमिकालाई सम्मान गर्दै २०७१मा सुशील कोइरालाबाट उनलाई नेपाली कांग्रेस केन्द्रीय समितिको सदस्यमा मनोनयन गरेका थिए ।
२०४६ सालमा सिद्धार्थ बनस्थली स्कुलबाट राजनीति शुरु गरेका पौडेलले आफ्नो राजनीतिक जीवन सफल यात्रा अमृत क्याम्पस बाट नेपाल विद्यार्थी सङ्घ नेताका रूपमा स्थापित भई सुरु गरेका थिए । उनी इतिहास तोड्दै नेविसंघको तर्फबाट स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा निर्वाचित भएका थिए। विसं २०६० सम्म पौडेलले नेपाल विद्यार्थी सङ्घ को केन्द्रीय समितिमा काम गरेका उनी तीन कार्यकाल नेपाल विद्यार्थी सङ्घका उपाध्यक्ष निर्वाचित भएका थिए, त्यसपछि उनले विसं २०६४ मा चितवनमा भएको अधिबेशनबाट अत्याधिक मत सहित नेपाल विद्यार्थी सङ्घ को अध्यक्षमा निर्वाचित भएका थिए ।
जुनसुकै सरकारको पनि अलोकतान्त्रिक अभ्यास र व्याप्त भ्रष्टाचारविरुद्ध आवाज उठाउ
नेहरुका अग्रपङ्क्तिमा रहने पौडेल कांग्रेसका पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग नेपालको जनआन्दोलन २०६३/६३ मा अग्रपङ्क्तिमा रही युवा परिचालनको मुख्य जिम्मेवारी बहन गरेका थिए । पार्टी भित्र बैचारिक नीति निर्माणमा अब्बल युवा नेता पौडेललाई पार्टीले पटक महत्व
पूर्ण जिम्मेवारी भूमिका दिएको थियो । पार्टीले दिएको हरेक जिम्मेवारीलाई दक्षताका साथ सम्पादन गर्ने पौडेललाई अन्तिम पटक क्रियाशील सदस्यता विवाद समाधान समितिको सदस्य एवं प्रबक्ताको जिम्मेवारी दिईएको थियो ।
पार्टीका वरिष्ठ नेताले सभापति पदमा उम्मेदवारी नदिए संगै नेपाली कांग्रेकोको उच्च पदमा पुग्न सक्ने क्षमता राख्ने प्रदिप पौडेलको उम्मेदवारी तनहुँको राजनैतिक प्रतिष्ठा संग जोडिएको राजनैतिक विश्लेषकहरु बताउदछन् ।