काठमाण्डौ– जुम्लाका नागरिकले जुम्लामा बिजुली नियमित र व्यवस्थित गर्न दबाब दिँदै काठमाण्डौमा सांस्कृतिक र्याली निकालेका छन् ।
आज मङ्गलवार जुम्लाका प्रतिनिधि सभा सदस्य गजेन्द्रबहादुर महतको नेतृत्वमा जुम्लाका नागरिकले शान्तिबाटिका, रत्नपार्क हुँदै नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयसम्म स्थानीय सांस्कृतिक र्याली निकालेका हुन् । स्थानीय झाँकी, बाजागाजा र नाचगानसहित र्याली गरिएको थियो । जुम्लामा बिजुली नियमित र व्यवस्थित गर्न पटक पटक विद्युत् प्राधिकरणलाई अनुरोध गर्दा पनि नसुनेको भन्दै सरकार र विद्युत् प्राधिकरणलाई सुनाउनका लागि बाजागाजासहित र्याली गर्नुपरेको प्रतिनिधि सभा सदस्य गजेन्द्रबहादुर महतले बताए ।