• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ भाद्र २६
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home स्थानीय समाचार

तनहुँका जनप्रतिनिधिको लागि बर्षमा १० करोड बढी खर्च

हरि खरेल by हरि खरेल
December 31, 2021
in स्थानीय समाचार
A A
0
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । आर्थिक बर्ष २०७७/०७८ मा तनहुँ जिल्लाका १० स्थानीय तहका जनप्रतिनिधिहरुले १० करोड २४ लाख ६४ हजार ७१ रुपौयाँ सेवा सुविधा बापत रकम बुझिलिएका छन् । नगरका तथा गाउँपालिकाका प्रमुख, उप–प्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य र सभाका सदस्यहरुले गण्डकी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले सम्बत् २०७७ सालको ऐन नं. ६ मा रहेको गाउँसभा, नगरसभा र जिल्ला समन्वय समितिका सदस्यले पाउने सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन अनुसार मासिक रकम बुझिलिने गर्दछन् ।

ऐन अनुसार नगरपालिकाको हकमा मेयरले ४० हजार ५ सय, उपमेयरले ३५ हजार, वडाध्यक्षले २६ हजार, कार्यपालिका सदस्यले २२ हजार र सभाका सदस्यले १३ हजार ५ सय रुपौयाँ सेवा सुविधा बापत रकम लिने गर्दछन् । भने गाउँपालिकाको हकमा अध्यक्षले ३६ हजार, उपाध्यक्षले ३१ हजार, वडाध्यक्षले २३ हजार, कार्यापालिका सदस्यले १९ हजार ५ सय र सभाका सदस्यले १२ हजार रुयौंया लिने गर्दछन् ।

आर्थिक बर्ष २०७७/०७८ शुक्लागण्डकी नगरपालिकाका जनप्रतिनिधिहरुले १ करोड ५० लाख ७२ हजार ५ सय ५० रुपौंया सेवा सुविधम बमपत रकम लिएका छन् । यस्तै, भिमाद नगरपालिकामा ९३ लाख ४ हजार ८ सय ४३ रुपौंया, व्यास नगरपालिकामा १ करोड ५७ लाख ९६ हजार रुपौंया, भानु नगरपालिकामा १ करोड ४ लाख ९१ हजार ८ सय, म्याग्दे गाउँपालिकामा ७० लाख १३ हजार ६ सय ७६, बन्दिपुर गाउँपालिकामा ७१ लाख ६४ हजार, रिसिङ गाउँपालिकामा ९२ लाख, घिरिङ गाउँपालिकामा १ करोड ५ लाख ९२ हजार, (आर्थिक बर्ष ०७६/७७ को पनि गरेर) देबघाट गाउँपालिकामा ५६ लाख २ हजार र आँबुखैरेनी गाउँपालिकामा ७७ लाख ४७ हजार ५ सय रुपौंया जनप्रतिनिधिहरुले सेवासुविधा बापत रकम लिने गर्दछन् ।

शुक्लागण्डकी नगरपालिकामा कस्ले कति लिन्छन् ?

आर्थिक बर्ष २०७७/०७८ मा शुक्लागण्डकी नगरपालिकाका जनप्रतिनिधिहरुले १ करोड ५० लाख ७२ हजार ५ सय ५० रुपौयाँ सेवा सुविधा बापत रकम बुझिलिएका छन् । ऐन नं. ६ अनुसार शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङले सम्पूर्ण सेवा सुविधा सहित मासिक ४० हजार ५ सय रुपैयाँ लिने गर्दछन् । जसमा अतिथि सत्कार सुविधामा १२ हजार, अनुगमन सुविधामा ११ हजार ५ सय, समन्वय र सहजिकरणमा ७ हजार, पत्रपत्रिका ईन्टरनेट सुविधामा ५ हजार, टेलिफोन तथा मोबाइल रिर्चाज सुविधामा ५ हजार लगायत सवारी ईन्धन मासिक ९० लिटर र मोबिल त्रैमासिक ५ लिटर प्राप्त गर्दछन् ।

यसै गरि नगरकी उपप्रमुख सुविता रसाइलीले मासिक ३५ हजार रुपैयाँ सेवा सुविधा सहितको रकम प्राप्त गर्दछिन् । जसमा अतिथि सत्कार सुविधामा ८ हजार ५ सय, अनुगमन सुविधामा १२ हजार ५ सय, समन्वय र सहजिकरणमा ६ हजार, पत्रपत्रिका ईन्टरनेट सुविधामा ४ हजार, टेलिफोन तथा मोबाइल रिर्चाज सुविधामा ४ हजार लगायत सवारी ईन्धन मासिक ९० लिटर र मोबिल त्रैमासिक ५ लिटर प्राप्त गर्दछन् ।

शुक्लागण्डकी नगरपालिकामा १२ वटा वडाहरु रहेका छन् । प्रत्यक वडाका वडाध्यक्षले मासिक २६ हजार रुपैया प्राप्त गर्दछन् । उनिहरुले यातायात सुविधामा १ हजार ५ सय,अतिथि सत्कार सुविधामा ६ हजार, अनुगमन सुविधामा ६ हजार, समन्वय र सहजिकरणमा ४ हजार ५ सय, पत्रपत्रिका ईन्टरनेट सुविधामा ४ हजार, टेलिफोन तथा मोबाइल रिर्चाज सुविधामा ४ हजार लगायत सवारी ईन्धन मासिक १५ लिटर र मोबिल त्रैमासिक १ लिटर प्राप्त गर्दछन् । यो सुविधा प्राप्त गर्ने वडाध्यक्षहरुमा रविचन्द्र पौडेल, जगतबहादुर गुरुङ, रामकुमार श्रेष्ठ, शिबकुमार श्रेष्ठ, दीर्घबहादुर थापा, रामबहादुर थापा क्षेत्री, कृष्णप्रसाद रेग्मी, लोक नारायण श्रेष्ठ, रामचन्द्र भण्डारी, दलबहादुर थापा र मनराज गुरुङ रहेका छन् ।

शुक्लागण्डकी नगरपालिकामा कार्यपालिका सदस्यहरु २२ जना रहेका छन् । जसमा १२ जना वडाध्यक्ष, मेयर, उपमेयर र बाँकी ८ जना रहेका छन् । २२ जना सदस्य मध्य ८ जना कार्यपालिकाका सदस्यहरुले मासिक २२ हजार रुपैया प्राप्त गर्दछन् । सेवा सुविधा सहितको रकम प्राप्त गर्ने कार्यपालिका सदस्यमा खिम बहादुर कुमाल, भरत लामगादे, कुलबहादुर भुजेल, बिष्णु माया ढकाल, रिताकुमारी भुजेल, गिता महत, दानुमाया सापकोटा र सानुमाया महत रहेका छन् । यि मध्य खिमबहादुर कुमाल, भरत लाम्गादे र कुलबहादुर भुजेल मनोनित रहेका छन् भने बाँकी ५ जना वडा सदस्यहरुबाट मनोनित रहेका छन् ।

शुक्लागण्डकी नगरपालिकामा निर्वाचित भएर आएका वडा सदस्यहरु ४८ जना रहेका छन् । तिमध्य ५ जना कार्यपलिका सदस्य र दुई जना (दिव्यश्वरी वि.क र सरस्वति गौतम) जिल्ला समन्वय समिति तनहुँमा रहेका छन् । यि बाहेकका ४१ जना सभा सदस्य अर्थात वडा सदस्यहरुले मासिक १३ हजार ५ सय प्राप्त गर्दछन् ।

👉 अन्य सम्बन्धित खबरहरु

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
स्थानीय समाचार

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
कुश्मावतीको भवन हस्तानतरण
स्थानीय समाचार

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
स्थानीय समाचार

क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स

August 8, 2026
वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
स्थानीय समाचार

वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम

August 5, 2026
सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस  मनाइदै
स्थानीय समाचार

सप्ताहव्यापी कार्यक्रम गरी विश्व आदिवासी दिवस मनाइदै

August 3, 2026
क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत
स्थानीय समाचार

क्लबले गरेको इन्स्योरेन्सले खेलाडीको उपचारमा राहत

July 28, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

कुश्मावतीको भवन हस्तानतरण

कुश्मावतीको भवन हस्तानतरण

August 23, 2026
किन आवश्यक छ कुशे औँशी?

किन आवश्यक छ कुशे औँशी?

September 10, 2026
राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता

September 3, 2026
धादिङको बस दुर्घटना शुक्लाका ३ जनाको मृत्यु, ३ घाइते

धादिङको बस दुर्घटनामा शुक्लाका ३ जनाको मृत्यु

February 23, 2026
वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

वातावरण संरक्षणमा विद्यार्थीको भुमिका

March 19, 2024
भानुभक्तकी शान्तिले गरिन एरिया टप

भानुभक्तकी शान्तिले गरिन एरिया टप

July 21, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • किन आवश्यक छ कुशे औँशी?
  • राष्ट्रिय विपत्तिमा मध्यपूर्वबाट सहयोगको प्रतिबद्धता
  • कुश्मावतीको भवन हस्तानतरण
  • क्लबका सदस्यको नेतृत्व विकास गराउँदै लायन्स
  • वक्तृत्वकलामा कञ्चनजंघाकी चौधरी प्रथम
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2026 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com. QRCodes are provided by QRSansar.com and PDF capabilities by PDFSansar.com.