दमौली । तनहुँमा बुधबार एक जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमाद नगरपालिका–४ का ८७ बर्षिय वृद्ध व्यक्ति रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
८७ बर्षिय वृद्धलाई मंसिर ५ गते कोरोना संक्रमण पुष्टि भएको थिए । संक्रमण पुष्टि भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान गण्डकीमा उपचारत अवस्थामा आज विहान निधन भएको निर्देशनालय पोखराले जनाएको छ । यो संगै तनहुँमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ५० पुगेको छ ।