काठमाण्डौं । नोभेम्बर महिनामा हवाई मार्गबाट २६ हजार एक सय ३५ जना विदेशी पर्यटक नेपाल घुम्नका लागि आएका छन् । कोरोना महामारीको जोखिम कम भएको र सरकारले भिसा प्रक्रियालाई सहज बनाएको हुदाँ पर्यटकको सङ्ख्या बढेको पर्यटन बोर्डका निर्देशक एवम् सूचना अधिकारी मणिराज लामिछानेले जानकारी दिए ।
यस वर्षको जनवरीदेखि नोभेम्बरसम्म ११ महिनामा एक लाख २६ हजार दुई सय ८३ जना पर्यटक हवाई मार्गबाट नेपाल आएका छन् ।