दुलेगौंडा । नेकपा माओबादी केन्द्र शुक्लागण्डकी नगर कमिटिको अध्यक्षमा आकाङ्क्षी धेरै हुदाँ अधिवेशन स्थगीत भएको छ । शनिबार दुलेगौंडा स्थित ह्वाईट हाउस पार्टी प्यालेसमा भएको अधिवेशनबाट अध्यक्ष लगायत पदका लागि सहमति हुन नसक्दा प्रविधिक र नीतिगत बिषयले अधिवेशन स्थगित गरिएको नगर कमटिी अध्यक्ष परशुराम भण्डारीले जानकारी दिए ।
बन्द सत्रले नगर समितिमा रहने ६५ जना सदस्यकोे टुंगो लागेको भएपनि अध्यक्ष पदमा मनराज गुरुङ, शरण सापकोटा र बिष्णु खत्री तिन जनाले आ–आफ्नो दाबि नछोडेपछी आगामी शनिबार सम्मको लागि अधिवेशन स्थगित भएको भण्डारीले बताए । ‘आगामी शनिबार मंसिर १८ गते विहान ११ बजे भित्रसम्म सहमति हुन सके सर्वसम्मत पदाधिकारी चयन हुनेछ, नत्र भने मतदान हुनेछ’, उनले भने ।
अध्यक्षमा दाबि गरेका गुरुङ हाल नगर समिति सचिब तथा शुक्लागण्डकी नगरपालिका–१२ का वडाध्यक्ष हुन् । सापकोटा वाईसियल तनहुँका इन्चार्ज रहेका छन् भने खत्री नेकपा(माओबादी केन्द्र) जिल्ला समन्वय समितिका सचिवालय सदस्य हुन ।
कमिटीको उपाध्यक्षमा रामचन्द्र भण्डारी, चेतनारायण पौडेल, बुद्धिबहादुर खत्री, जौमाया बराल सुनार र राजु रानाले उम्मेद्वारी दिएका छन् । यसै गरि सचिवमा जिवन पोख्रेल र अनिल तिवारी, सह सचिवमा अनिष ढकाल, सुमन आले, विनोद पौडेल, मिलन महत र कोषध्यक्षमा पहलसिं विक, झ्यामकुमारी थापाले उम्मेद्ववारी दिएको बताए । भण्डारीका अनुसार उपाध्यक्ष पदमा एक महिला सहित २ जना रहने छन् भने बाँकी पदमा एक÷एक जना सदस्य निवाचित हुने छन् ।