दुलेगौंडा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत तनहुँ जिल्ला अधिवेशन हिजो सम्पन भएको थियो । अधिवेशन पछि आज विहान १० बजेदेखी बीपी स्मृति भवन दमौलीमा मतगणना सुरु भएको छ । हिजो भएको निर्वाचनमा कुल १७८३ मत खसेको थियो ।
पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल निकट एवम् हालका जिल्ला सभापति बैकुण्ठ न्यौपानको प्यानल र केन्द्रमा संस्थापन पक्ष निकट जीतप्रकाश आलेको प्यानल बिच कडा प्रतिशपर्धा भईरहेको छ । मतगणना परिणामको शुरुवातीदेखी नै सभापतिमा जित प्रकाश आलेले अग्रता कायम गरेको छन् भने न्यौपानेको प्यानल अङ्कलाई पच्छ्याउदै छ ।
अहिलेसम्म १३०० सय मत गणना गर्दा सभापतिका उम्मेद्वार आलेले ६ सय ९८ मत प्राप्त गरेका छन् भने उनका प्रत्यासी न्यौपानेले ५ सय ६६ मत प्राप्त गरेका छन् ।
यसै गरे उप–सभापतिका उम्मेद्वारमा भने आले प्यानलकै राजेन्द्रकृष्ण श्रेष्ठ र न्यौपाने प्यानलका किसान गुरुङले अग्रता लिएका छन् । उनिहरुले क्रमश ५ सय ३२ र ५ सय ३२ मत प्राप्त गरेका छन् । उप सभापति प्यानलका देब कुमार श्रेष्ठ ५ सय २६ र उदयराज गौलीले ५ सय ३२ मत प्राप्त गरेका छन् ।
महाधिवेशनबाट जिल्ला सचिव पदमा पनि दुवै प्यानलका अगाडी रहेका छन् । जसमा लक्ष्मीभक्त खनालले लोकप्रिय मत ७ सय ४२ र सहदेव अधिकारी ५ सय ८८ मत प्राप्त गरेका छन् । सचिप पदका उम्मेद्वार दिएका न्यौपाने प्यानलका केशबहादुर सुनारले १३०० सय मतमा ५ सय ३२ र मोहन गिरीले ५ सय ९९ मत प्राप्त गरेका छन् ।
यसै गरि जिल्ला सह–सचिव पदमा न्यौपाने प्यानलका मिलन आलेले ६ सय ८६ मत सहित अगाडी रहेका छन् । साथै सहसचिप पदमा उम्मेद्वारी दिएका परमेश्वर भट्टराईले ६ सय १५, हुतमणी अधिकारीले ५ सय ७० र धिरेश खनालले ५ सय ५९ मत प्राप्त गरेका छन् ।