काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रबाट एमालेमा अबको ५ वर्षसम्मका लागि नेतृत्व चयन गर्न सहमतिको प्रयास भइरहेको छ ।
नेतृत्व चयनका लागि देशभरिबाट २ हजार १ सय ७५ प्रतिनिधि चितवनको सौराहामा जम्मा भएका छन् । सर्वसम्मत रुपमा नाम प्रस्ताव गर्ने जिम्मेवारी पाएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले नामावली तयार गर्ने काम गरेता पनि पदाधिकारी र केन्द्रीय सदस्यमा आकाङ्क्षी धेरै भएपछि नामावली तयार गर्न सकस भएको छ ।
नामावली तयार गरी घोषणा गर्ने प्रस्तावमा अध्यक्षका दाबेदार भीम रावल र उपाध्यक्षका आकाङ्क्षी घनश्याम भुसालको असहमति छ । कुनै पदमा कसैको असहमति रहेमा मनोनयन दर्ता गरेर चुनावमा जाने तयारी छ ।