• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८३ जेष्ठ ३०
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
Home अर्थ

बल्न छाडे सडकका सोलार बत्ती (भिडियो सहित)

हरि खरेल by हरि खरेल
November 15, 2021
in अर्थ, राष्ट्रिय समाचार, स्थानीय समाचार
A A
0
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । रातको समयमा उज्यालो पार्नका लागि शुक्लागण्डकीका बजार क्षेत्रमा राखिएका सोेलार बत्ती अहिले नबल्ने भएका छन् । स्थानीय विकास मन्त्रालय, नगरपालिका र उपभोक्ता समितिको साझेदारीमा राखिएका सोलार प्यानल निर्माण भएको एक बर्ष पनि पुरा हुन नपाई बिग्रएपछि नबल्ने भएको हो ।

योजना कार्यन्वयन गराउने समयमा शुक्लागण्डकी नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकिय अधिकृत हरिराम नागिला थिए । नागिला मार्फत ल्याईएको योजना पुरा गर्न दुलेगौँडामा ज्ञान प्रसाद भण्डारीको अध्यक्षतामा २०७३ साल फागुन १६ गते सौर्य सडक बत्ती उपभोक्ता समितिको गठन भयो । समिति गठन भए पछि योजनालाई कार्यान्वयन गराउनका निमित्त काईनेटीक ईनर्जि प्रा.लिलाई जिम्मा दिएको थियो ।

योजन कार्यन्वयन गर्न उपभोक्ता समिति र नगरपालिकाले संयुक्तत रुपमा ठेक्का लगाई काम सुरु गरेको समितिका अध्यक्ष भण्डारीले जानकारी दिए । भण्डारीका अनुसार ठेकेदारबाट काम सम्पन्न भएपछि एक बर्षसम्म बजार झलमल थियो । तर, एक बर्ष पछि भने बजार क्षेत्र पूर्ण पहिलाकै अन्धकार अवस्थामा फर्कीयो । समितिले बत्तीहरु बिग्रिन थालेपछि बारम्बार फोन गरेर बोलाएपछि सुरु सुरुमा मर्मत पनि भएको बताए । पछि धेरै नै बत्तीहरु बिग्रन थालेपछि भने निर्माण पक्ष सम्पर्कबिहीन भएको अध्यक्ष भण्डारीको भनाई छ ।

निर्माण सम्पन्न भएको करिब २ बर्ष पछि प्रा.लिका अर्का व्यवस्थापक मनोज कोईराला समितिको सम्पर्कमा आए । पछि उनकै नेतृत्वमा २०७६ साल जेठ २३ गते दुलेगौंडा स्थित पञ्चमुनि देव मावि क्षेत्र अन्र्तगत रहेका १६ वटा सोलार बत्तीका ढिका नबल्ने भएपछि मर्मत गर्ने शर्तमा लगेको भण्डारीले बताए । कोईरालाले उक्त बत्ती एक महिना भित्र बनाउने सर्तमा लगेता पनि पछि फेरी सम्पर्कबिहीन भएको बताए । ‘हामीले ठेकेदारलाई सम्पर्कमा ल्याउन नसकेपछि नगरपालिकामा उजुरी ग¥यौ । नगरपालिकाका मेयरले समेत फोन गर्दा सम्पर्कमा आएनन् । पछि नगरपालिकाले पनि सिडियो कार्यालयमा उजुरी गर्न लगायो र हामीले निवेदन सहित सिडियो कार्यालयमा पनि उजुरी ग¥यौ । तर त्यहाँबाट पनि कारबाही हुन सकेन ।’ उनले भने, ‘बजारमा अझै पनि बत्ती बल्न सकेको छैन । अहिले सोलार बत्तीको अवस्था लाथालिङ्ग छ । २/४ वटा भन्दा अरु बल्न सकेको छैन् । अरु के भनम खै अब नगरपालिका भन्दा पनि, सिडियो भन्दा पनि माथिल्लो स्थानको रहेछ कि ? उसले कसैलाई टेरेन भनम अब ।’

सोलार बत्ती नबलने भएपछि बजारमा चोरी हुने, घरहरु फोरीने लगायतका गतिबिधि बढेको उपभोक्ता सोनु घिमिरेले बताईन् । ‘बजारमा चोरी भईहाले पनि सिसि क्यामेराबाट को मान्छे हो भनेर चिन्न नसक्ने अवस्था छ । यत्रो रोडभरी छ बत्ती छ । तर, जम्म ६/७ वटा भन्दा बल्दैन, यो असुविधा चाही भएको छ हामीलाई ।’

बत्ती बिग्रिएर नबलने भएपछि जनप्रतिनिधिहरुलाई बारम्बार भन्दा पनि वास्ता नगरेको दुलेगौंडाका स्थानीय राजु श्रेष्ठले बताए । ‘बत्ती नभएपछि हामीलाई समस्या त परिहाल्छ नि । मानिसहरु कुना काप्चातिर आएर दिशा पिसाब गरिदिने, राति केटाहरु जममा भएर लुटपाट गरिदिने गर्दछन् । यि घटना बाहीर नआएको मात्र हो तर यस्ता घटना चाही भईरहेको छ यहाँ’ उनले भने ।

मानिस हरेक समयमा यात्रा गरिरहेको हुने हुदाँ सम्बन्धीत निकायले चाडै पहल गरेर बत्ती बालिदिदा राम्रो हुने स्थानीय राजु विश्वकर्माले बताए । ‘हरेक नागरिक दिउसोमा मात्र हिड्ने भन्ने हुदैन । रातको समयमा बत्ती हुदाँ बाटो हिड्ने मान्छेलाई केही सुरक्षा महसुस हुने गर्दछ । यसले गर्दा मर्मत गरेर बत्ती बाल्दीदा राम्रो हुन्छ ।’ उनले भने ।

सम्झैता गर्दा ५ बर्ष सम्म केही भएमा निर्माण पक्षबाट मर्मत गरिदिने उल्लेख गरिएको छ । तर समिति ठेकेदारसंग सम्पर्कबिहीन हुदाँ बजारमा राखिएका सोलार बत्ती देखाउनका लागि मात्र राखिएको देखिन्छ । योजना कार्यन्वयन गर्दा नगरपालिकाको तर्फबाट सम्झैता पत्रमा हस्ताक्षर गरेका नगरपालिकाका इन्जिनियर तारापति भट्टराईले निर्माण पक्ष सम्पर्कमा नआउदाँ समस्याको सिर्जना भएको बताए । उनका अनुसार स्थानिय विकास मन्त्रालय अन्र्तगत जनसहभागितामा आधारीत सौर्य सडक बत्ती संञ्चालन कार्यविधि–२०७२ बजोजिम बजार क्षेत्रमा सोलार प्यानल राखिएको थियो । उक्त समयमा नगरपालिकामा निरिक्षण गर्ने प्राविधिक नभएपछि कार्यविधि अनुसार वैकल्पिक उर्जा प्रवद्धन केन्द्र काठमाडौंको प्राविधिक सहयोगमा निरिक्षण गरि रकम भुक्तानि गरिएको थियो । अब नगरले प्रा.लिको केन्द्रय कार्यालयमा गएर दबाब दिने र मर्मत गर्न लगिएका बत्तीहरु जडान गरेपछि पूणै पहिलाकै अवस्था झै बजार झलमल्ल हुने बताए ।

यता प्रालिका व्यवस्थापक मनोज कोईरालाले निर्माण सम्पन्न भएपछि बत्ती बिग्रिएको खण्डमा राखिएको मर्मत खर्च भुक्तानि नदिएकाले समयमा नै बत्ती जडान गर्न नसकिएको बताए । ‘उहाँहरुको भनाई तपाई बनाउँनुस हामी पैसा दिन्छौ भन्नुभएको छ । तर, मेरो भनाई मलाई त्यो मेन्टिनियसको पैसा दिनु म बनाउछु भनेको हो ।’ उनले भने, ‘म आफैले बत्ती बनाउन लगानि गर्नुपर्छ । लगडाउनले पनि बिगार्याे, बल्ल बजार पनि खुलेको छ । सम्भव भएसम्म तिहार अघि नत्र तिहार पछि सम्ममा जसरी भए नि जडान गर्ने छु ।’ यता नगरपालिका र उपभोक्ताले ठेकेदार सम्पर्कमा नआएको आरोपलाई स्पष्ट पर्दै भनेका छन् ‘म ५० पटक सम्पर्कमा आएको छ । मान्छे पनि पठाएको छु । त्यस्तो त हुदै हुदैन ।’

शुक्लागण्डकी नगरपालिका अन्र्तगत कोत्रे, दुलेगौंडा र खैरेनिटारको बजार क्षेत्रमा दुई चरणमा ८ वटा सोलार प्यानल राखिएको छ । पहिलो चरणमा २०७३ असार २१ ग्ते कार्यनेटिक ईनर्जि प्रा.लिमा व्यवस्थापक अरुण गिरी ले ४० वटा सोलार प्यानल जडान गरेका थिए । उक्त जडान गरे बापत उनले ४० लाख ५२ हजार ८ सय रुपैयाँ लिएका छन् । यसै गरि दोस्रो चरणमा २०७४ जेठ २४ गते दिपलाईट ईनर्जि प्रा.लि संग सम्झैता गरि ४ वटा सोलार प्यानल राखिएको थियो । जहाँ उपभोक्ताले प्रा.लिलाई ४७ लाख ५१ हजार ४० रुपैयाँ भुक्तानि गरेका थिए । उक्त योजना सम्पन्न गर्न स्थानीय विकास मन्त्रालयको ७० प्रतिशत, शुक्लागण्डकी नगरपालिकाको १५ प्रतिशत र उपभोक्ता समितिको १५ प्रतिशत लगानि साझेदारीमा सोलार प्यानल राखिएको थियो ।

👉 अन्य सम्बन्धित खबरहरु

दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
स्थानीय समाचार

दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो

June 12, 2026
दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
अर्थ

दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने

June 12, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
स्थानीय समाचार

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
खेलकुद

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
कर सम्बन्धी तालिम सम्पन्न
स्थानीय समाचार

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026
शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन
स्थानीय समाचार

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

शुक्लागण्डकीमा कोअपरेटिभ म्यानेजर क्लब गठन

May 15, 2026
विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने

June 11, 2026
निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

निर्वाचनद्वारा विद्यालय नायक र सह नायक निर्वाचित

May 15, 2026
लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र

June 11, 2026
प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

प्रत्येक शनिबार फर्निचर पसल बन्द हुने

May 14, 2026
कर सम्बन्धी तालिम सम्पन्न

कर सम्बन्धी तालिम सम्पन्न

June 11, 2026

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • दुलेगौंडामा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो
  • दुलेगौंडा चलचित्र `ज्ञनशास्त्र´ को च्यारिटी शो हुने
  • लायन्स क्लब शुक्लागण्डकीको अध्यक्षमा देवेन्द्र
  • विश्वकपको अन्तिम तिन खेल दुलेगौंडामा हेर्न सकिने
  • कर सम्बन्धी तालिम सम्पन्न
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.