• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०७९ चैत्र १२
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट अर्थ

महत्व नबुझ्दा सिताके च्याउ विकेन (भिडियो सहित)

हेर्नुहोस पुरा भिडियो ।

हरि खरेल हरि खरेल
November 14, 2021
- अर्थ, स्थानीय समाचार
A A
1
Share on FacebookShare on TwitterEmail this

कोत्रे । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ तार्कुडाँडा भंगराका कृषक समुहले परिक्षणको लागि लगाईएको जापानिज प्रविधिको सिताके च्याउको बजार राम्रो भएपछि यस बर्ष ठुलो परिमाणमा उत्पादन गरेका छन् । गत बर्ष निषेधाज्ञाको समयलाई सदुपयोग गर्दै १६ जनाको समुहले नयाँ प्रजातिको सिताके च्याउ उत्पादन सुरु गरेका थिए ।

समुहबाट भ्रमण जाने क्रममा पोखरा स्थित लामाचौरमा रहेको टिकाराम अर्यालको च्याउ खेती हेर्दा कटुसको मुढामा च्याउ उमारेको देखे । उनिहरुले आफ्नो क्षेत्रमा पनि प्रशस्त मात्रामा कटुसका मुढाहरु पाईने हुदाँ सिताके च्याउ उत्पादनमा उत्सुकता बढेपछि सोही अनुसार उत्पादन सुरु गरेको तार्कुडाँडा भंगरा कृषक समुह अध्यक्ष उदयराज खनालले बताए ।

यतिबेला यहाँका १६ कृषकले दर्ता गरेरै सामुहिक च्याउ खेती गर्न थालेका छन् । गत बर्ष वडा कार्यालयको ५० हजार अनुदान, बाङ्गेरह थेप्चे र तारा सामुदायिक वनबाट निःशुल्क कटुसका मुढा, तार्कुडाँडा भंगरा खानेपानी उपभोक्ता समितिबाट निशुल्क पानी र समुहका प्रति किसानबाट ३÷३ हजाराको दरले रकम उठाएर सिताकी च्याउ खेती सुरु गरेको अध्यक्ष खनालको भनाई छ ।

गत बर्ष समुहले पाँच सय कटुसका मुढामा च्याउ लगाउँदा ४७ किलो च्याउ उत्पादन गरेका थियो । तर यस बर्ष कात्तिकको तेस्रो हप्ता यता मात्रै दुई सय किलो बढी च्याउ उत्पादन गरिसकेका छन् । तर, च्याउ उत्पादन राम्रो भएता पनि बजार भने पाउन नसकेको खनालले बताए । ‘गत बर्ष उत्पादन थोरै थियो । मलाई भाग पुगेन, मलाई ल्याईदेउ भन्ने ग्राहकहरुको माग आएको थियो भने, अहिले उत्पादन बढी भईसकेपछि एक पटक खाएर रस पसेकाले ल्याईदेउ भन्ने गरेका छन् । तर यस बर्ष बजार चाँही छ्यापछ्याप्ती पाउन सकेका छैनौ ।’ उनले भने ।

सिताकी च्याउ असोजको अन्तिमदेखी फागुन दोस्रो सातासम्म उम्रने हुन्छ । एकपटक मुढामा विउ रोपेपछि पाँच बर्षसम्म उत्पादन दिने गर्दछ । सिताकी च्याउको बजार मुल्य सात सय रुपैयाँ प्रतिकिलो रहेको छ । तर, बजारमा यस च्याउको माग नभएको हुदाँ मुल्य घटाएर कृषकहरुले यस च्याउ बिक्री गर्न बाध्य छन् ।

च्याउको उत्पादन राम्रो भएता पनि नियमित रुपमा खपत हुने बजार नहुदाँ समस्या सिर्जना भएको समुहका सचिव खेम गुरुङको भनाई छ । उनका अनुसार अहिले उत्पादन भएका च्याउ मोटरसाईकलमा कोत्रे, मजुवा, दुलेगौँडा, खैरेनीटारका बजार क्षेत्रका घरघरै लगेर विक्री गरिएको छ । सिताके च्याउ धेरै मानिसहरुले नदेखेको हुदाँ सुरुमा उपभोक्तहरु नै किन्नको लागि तर्सने गरेको बताए । यसका लागि समुहले बजार क्षेत्रमा यस च्याउको परिकार बनाएर बेच्ने साथै पार्टी प्यालेस, होटल, रेष्टुरेन्टमा पनि विक्रीका लागि प्रयास भईरहेको उनको भनाई छ ।

👉 अन्य सम्बन्धित खबरहरु

खानेपानी ट्यांकीमा शव भेटियो
स्थानीय समाचार

खानेपानी ट्यांकीमा शव भेटियो

March 26, 2023
लायन्स क्लब अफ तनहुँ खैरेनीटारको अध्यक्षमा प्रमोद
स्थानीय समाचार

लायन्स क्लब अफ तनहुँ खैरेनीटारको अध्यक्षमा प्रमोद

March 26, 2023
लायन्स क्लब अफ शुक्लागण्डकीकाे अध्यक्षमा खुमबहादुर
स्थानीय समाचार

लायन्स क्लब अफ शुक्लागण्डकीकाे अध्यक्षमा खुमबहादुर

March 25, 2023
अन्ततः खोलियो क्याम्पसमा लगाईएको ताला
स्थानीय समाचार

३ बुँदे सहमतिमा खोलियो भानुभक्त क्याम्पसमा लगाईएको ताला

March 23, 2023
वडास्तरीय भलिबल प्रतियोगिता सुरु
खेलकुद

टपरगाउँमा भलिबल प्रतियोगिता हुने

March 22, 2023
तनहुँ जलविद्युत आयोजनाको काम समयमा नै सक्न घिसिङको निर्देशन
स्थानीय समाचार

तनहुँ जलविद्युत आयोजनाको काम समयमा नै सक्न घिसिङको निर्देशन

March 22, 2023

प्रतिक्रियाहरु 1

  1. Ekendra says:
    1 year ago

    So true, Shiitake mushroom are best from health point of view.

    Reply

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Service Delivery Operation Center Shuklagandaki
Service Delivery Operation Center Process Shuklagandaki
GP Koirala Rastriya Swasprashwas Upachar Kendra

लोकप्रिय खबरहरु

विद्यार्थीले लगाए क्याम्पसमा ताला

विद्यार्थीले लगाए क्याम्पसमा ताला

March 9, 2023
वस्ती जोगाउन स्थानीय गरे श्रमदान

वस्ती जोगाउन स्थानीय गरे श्रमदान

March 25, 2023
शुक्लागण्डकी महोत्सव : लोक गायन प्रतियोगितामा मन्दिरा प्रथम

शुक्लागण्डकी महोत्सव : लोक गायन प्रतियोगितामा मन्दिरा प्रथम

March 13, 2023
शुक्लागण्डकी महोत्सव : नृत्य प्रतियोगितामा सुदिप प्रथम

शुक्लागण्डकी महोत्सव : नृत्य प्रतियोगितामा सुदिप प्रथम

March 13, 2023
खैरेनीटारमा आजदेखि पाँचौं लखन थापा स्मृति कप सुरू

खैरेनीटारमा आजदेखि पाँचौं लखन थापा स्मृति कप सुरू

February 25, 2023
पालिकास्तरीय भलिबल : बुलिङ्गटार र गल्कोटको विजय सुरुवात

पालिकास्तरीय भलिबल : बुलिङ्गटार र गल्कोटको विजय सुरुवात

March 11, 2023

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

कार्यकारी सम्पादक: हरि खरेल
सम्पर्क: 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • खानेपानी ट्यांकीमा शव भेटियो
  • लायन्स क्लब अफ तनहुँ खैरेनीटारको अध्यक्षमा प्रमोद
  • बडी बिल्डिंग प्रतियोगितामा गुरुङ र राई पुरस्कृत
  • लायन्स क्लब अफ शुक्लागण्डकीकाे अध्यक्षमा खुमबहादुर
  • वस्ती जोगाउन स्थानीय गरे श्रमदान
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2023 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

Go to mobile version