• हाम्रो बारेमा
  • विज्ञापनका लागि
  • सम्पर्क गर्नुहोस्
आज मिति : २०८२ असार २७
Shukla News - Online news portal from Shuklagandaki
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट
No Result
View All Result
Shukla News - Online news portal from Shuklagandaki
No Result
View All Result
गृहपृष्ट स्थानीय समाचार

करेन्ट लागेर एक युवकको मृत्यु, दुई घाईते

हरि खरेल हरि खरेल
November 11, 2021
- स्थानीय समाचार
A A
0
करेन्ट लागेर एक युवकको मृत्यु, दुई घाईते
Share on FacebookShare on TwitterEmail this

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–३, दुरुचुङमा आज विहान विजुलीको करेण्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँका २७ बर्षिय चित्रबहादुर राना मगर रहेका छन् ।

विहानी पख मोबाइल चार्जमा राखेर चलाइरहेको अवस्थामा अचनाक विद्युतको हाइभोल्टेज आउँदा करेण्ट लागेर युवकको मृत्यु भएको हो । विहान करिब ४ बजेतिर घटना भएता पनि साढे सात बजेतिर मात्र गाउँले तथा घर परिवारले थाहा पाएका थिए । उक्त घटना पश्चात स्थानीयले तत्काल उपचारका लागि जि.पि कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र झरौटामा ल्याएका थिए । मगरको अवस्था चेकजाँच गरेपछि चिकित्सकले मृत घोषणा गरेको थियो ।

करेण्ट लागेर मृत्यु भएका युवकका पक्ष क्षतिपुर्ति मागका लागि छलफल गर्दै ।

ग्रामिण विद्युतीकरण कार्यालयको लापरबाहीको कारण रानाले अकालमा ज्यान गुमाउनु परेको भन्दै पीडित पक्षले क्षतिपुर्तिको माग गर्दै शव उठाएका छैनन् । पीडित पक्षले क्षतिपुर्ति बापत ५० लाख माग गरेका छन् भने समितिले साढे ११ लाख दिने बताएको छ । समितिको उक्त प्रस्तावमा पीडित पक्ष मञ्जुर भएका छैनन् । सामुदायिक ग्रामिण विद्युतीकरण दुलेगौँडा अध्यक्ष रामचन्द्र खनाल जिल्ला बाहिर रहेको र अर्का संचालक देवलाल खनालसंग सामान्य छलफल भएपनि निष्कर्षमा पुग्न नसकेका छैनन् ।

छलफलमा सहभागि रहेका सुमन आलेले ग्रामिण विद्युतीकरणको लापरबाहीका कारण घटना घटेको बताएका छन् । ‘नयाँगाउँ दुरुङचुङ प्रसारण लाइनको स्याङ्दी खोलामा फ्युज नहालीकन सोझै लाइन जोडिदिदाँ यो घट्ना भएको हो । यसअघि पनि पटक पटक फोन गरेर विद्युत लाइन व्यवस्थित गर्न अनुरोध गर्दा पनि कुनै वास्ता गरिएन । पहिला पनि गाउँमा करेण्ट लागेर गोर म¥यो, अपहले यस्तो दुखःद घट्ना भयो ।’ उनले भने ।

यसै गरि दुरुचुङमै बत्ति झिमिकझिम भएपछि स्वीच अफ गर्न जाँदा मृतकका काका दलबहादुर राना र २४ बर्षिया गर्भवती महिला सोममाया थापा मगर पनि घाईते भएका छन् । उनीहरुको जिपि कोइराला अस्पतालमा उपचार भइरहेको छ । घाइते दुवै जना सामान्य अवस्थामा छन् ।

👉 अन्य सम्बन्धित खबरहरु

वडा कार्यालयमा आगलागी, ८ लाखको क्षति अनुमान
स्थानीय समाचार

वडा कार्यालयमा आगलागी, ८ लाखको क्षति अनुमान

July 9, 2025
शुक्लागण्डकीमा ३ नगर प्रहरी नियुक्त
स्थानीय समाचार

शुक्लागण्डकीमा ३ नगर प्रहरी नियुक्त

July 7, 2025
विज्ञान विषय प्रबर्द्धनका लागि छलफल
स्थानीय समाचार

विज्ञान विषय प्रबर्द्धनका लागि छलफल

June 29, 2025
देशभर अहिलेसम्म ५३ प्रतिशत रोपाइँ
स्थानीय समाचार

मान्द्रेमा असार १५ मा राेपाइँ मेला हुने

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
स्थानीय समाचार

एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट
स्थानीय समाचार

एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Universal Computer Supplier Shuklagandaki
Universal Computer Supplier Shuklagandaki

लोकप्रिय खबरहरु

वडा कार्यालयमा आगलागी, ८ लाखको क्षति अनुमान

वडा कार्यालयमा आगलागी, ८ लाखको क्षति अनुमान

July 9, 2025
एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

एसइइमा पञ्चमुनिका सुशान्त गरे शुक्लागण्डकी टप

June 28, 2025
एसइइ: शुक्लामा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

एसइइमा ज्ञानबगैचाकाे नतिजा सर्वाेत्कृष्ट

June 28, 2025
शुक्लागण्डकीमा भाेलिदेखि आधारभूत शिक्षा परीक्षा

एसइइ : शुक्लामा जनकल्याण उत्कृष्ट, दिवस निल

June 28, 2025
शुक्लागण्डकीमा ३ नगर प्रहरी नियुक्त

शुक्लागण्डकीमा ३ नगर प्रहरी नियुक्त

July 7, 2025
एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

एसइइ फुटसलमा आयाेजक विजय, माउण्ट उपविजेता

June 19, 2025

हाम्रो बारेमा

सूचना, समाचार र मनोरन्जनको भरपर्दो सारथी

सम्पादक: त्रिलोचन लम्साल 9856022181
सह सम्पादक: हरी खरेल 9856053315

सूचना प्रविधि विभाग दर्ता नं: ३४०७-२०७८/७९
प्रेस काउन्सिल नेपाल (सूचीकरण): ३३८८ (२०७९/०३/३१)

Follow us

खबर वर्गहरु

  • अन्तर्राष्ट्रिय
  • अन्य
  • अर्थ
  • कोरोना अपडेट
  • खेलकुद
  • राजनीति
  • राष्ट्रिय समाचार
  • विचार
  • साहित्य
  • सुचना/प्रविधि
  • स्थानीय समाचार

ताजा खबरहरु

  • वडा कार्यालयमा आगलागी, ८ लाखको क्षति अनुमान
  • शुक्लागण्डकीमा ३ नगर प्रहरी नियुक्त
  • प्रविधिको उपयोग नै देश विकासको मुख्य आधार हो
  • विज्ञान विषय प्रबर्द्धनका लागि छलफल
  • मान्द्रेमा असार १५ मा राेपाइँ मेला हुने
  • समाचार पठानुहोस
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क गर्नुहोस्
  • गोपनीयता नीति

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.

No Result
View All Result
  • गृह पृष्ठ
  • स्थानीय समाचार
  • राष्ट्रिय समाचार
  • अन्तर्राष्ट्रिय समाचार
  • राजनीति
  • विचार
  • साहित्य
  • अर्थ
  • सुचना/प्रविधि
  • खेलकुद
  • कोरोना अपडेट

2025 - 2019 © Shukla News is published by Sewa Sanskar Media Pvt Ltd (PAN #610022016) and
hosted in the cloud by TechSansar.com.