हरि खरेल /भिमाद । पछिल्लो समय फुलखेतीमा युवाको आकर्षण बढ्दो छ । फुल खेती गर्नलाई लगानी कम लाग्ने बजार राम्रो भएकाले फुलखेतिमा युवाको आकर्षण बढेको हो ।
जब तिहारको नजिकिन्छ बजारमा फुल चर्चा बढ्छ । माग पनि स्वत बढ्छ नै । देशमा उत्पादित फुलले नपुगेर भारतबाट धमाधम भित्रिन्छ । भारतिय बजारबाट आउने फुललाई प्रतिस्थापनमा सघाउनलाई तनहुँको भिमाद नगरपालिका–८ धरमपानीका युवा गोविन्द अधिकारीले सयत्री फुल खेतीमा होमिएका छन् । गत बर्ष परिक्षणका लागि लगाएको उनले मनग्य आम्दानि गर्न सफल भएपछि यसपाली व्यवसायिक तवरले फुल खेती गरेका छन् ।
गोविन्दले विगत २ बर्ष अगाडी दिदिको हातबाट सप्तरङ्गी टिका र फुलको माला लगाए । पोखराबाट किनेर ल्याएको माला उनले लगाए । टिकापछि दिदिसंग पारिवारीक गफ चल्दै गर्दा फुलको बिषमा पनि कुरा गरे । बजारबाट एउटा मालालाई दुई सय रुपैयाँ तिरेको थाहा पाएपछि आफैले पनि फुलखेति गर्ने अठोट गरे । गत बर्ष अधिकारीले बारीमा मालाको फुललाई विउ बनाएर विरुवा उमारेर फुलखेति सुरु गरे । ६०÷७० हजार रुपैयाँ बराबरको आम्दानी भएको उनी बताउँछन् ।
यो बर्ष उनले २०६५ सालदेखी बाझो रहेको साढे चार रोपनि बारीलाई सदुपयोग गरि व्यवसायिक रुपमा सयपत्री फुल खेति थालेका छन् । उनका अनुसार उक्त बारीमा कोदो लगाएको भए दुई÷तीन हजार भन्दा आउदैनथ्यो । ५० हजार रुपैयाँको लगानीमा फुलखेती गरेका उनले दुई लाख रुपैयाँसम्म आम्दानी हुने अनुमान गरेको बताए ।
फुलखेति गरेपछि आफुलाई बजार व्यवस्थापनमा कुनै समस्या नरहेको अधिकारीको भनाई छ । उनले सामाजिक सञ्जाल मार्फत प्रचारप्रसार गरेको र मिडियाबाट पनि समाचार सम्प्रेषण हुदाँ दैनिक रुपमा आठ दश जना व्यापरिले फुलका लागि फोन गर्ने गरेको बताउँछन् । ‘बजारको लागि त्यति दुख छैन् । फुल उब्जाईदिए पछि यही घरमै आउने भयो पैसा’, उनले भने ।
गाउँमा पहिले पटक आफुले फुल खेति गरेको हुदाँ गाउँमै उदाहरणिय बनेको अधिकारीले बताए । यसअघि वैदेशिक रोजगारबाट नेपाल फर्किएपछि सामान्य निर्वाहमुखी कृषी गरेका उनले फुलखेति थालेपछि व्यवसायिक रुपमा अगाडी बढ्न खोजेको बताए ।