काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको सिफारिसमा विद्युत् नियमन आयोगले आगामी मंसिरदेखि लागू हुने गरी नयाँ महशुल दर निर्धारण गरेको छ । आयोगको आज सम्पन्न भएको १४५० औँ बैठकमार्फत मंसिरदेखिको विद्युत खपत र पौस महिनादेखिको बिलिङमा लागू हुने गरी विद्युत उपभोक्ता महशुल दर निर्धारण गरेको हो ।
अब ५ एम्पियरको लाइन लिने सिङ्गल फेज घरायसी ग्राहकले २० युनिटसम्म खपत गर्दा ३० रुपैयाँ मात्रै तिरे हुने भएको छ । मासिक १५१ युनिटभन्दा बढी विद्युत खपत गर्ने ग्राहस्थ वर्गका उपभोक्ताका लागि विद्युतीय चुल्हो जस्ता घरयासी उपकरणको प्रयोगलाई प्रोत्साहन गर्ने हेतुले साबिकको भन्दा कम महसुल हुने गरी महसुल दर निर्धारण गरिएको बताइएको छ ।
आगामी मंसिरदेखिका २० युनिटसम्मको पहिलो स्ल्याब हुनेछ भने २१ देखि ३०, ३१ देखि ५०, ५१ देखि १००, १०१ देखि २५० र २५१ युनिट भन्दा माथिसम्मको स्ल्याब कायम गरिएको छ ।