दुलेगौंडा । तनहुँमा आज दुई जना कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिकामा एक र व्यास नगरपालिकामा एक जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयले जारी गरेको विज्ञप्ती अनुसार मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिका–१० की १७ बर्षीय किशोरी रहेकी छिन् । उनिलाई गत शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको निर्देशनालय पोखराले जनाएको छ ।
यसै गरि जिल्लाकै व्यास नगरपालिका–४ का ६७ बर्षीय पुरुषको पनि आज विहान कोरोना संक्रमणबाट मृत्यु भएको छ । हिजो कोरोना संक्रमण पुष्टि भएका ६७ बर्षीय पुरुषको स्वास्थ्य विज्ञान प्रतिष्ठानमै उपचारको क्रममा मृत्यु भएको हो ।
योसँगै तनहुँमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संखया १५१ पुगेको छ । हाल तनहुँमा ३३ जना सक्रिय संक्रमित रहेका छन् ।