हरि खरेल/दुलेगौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको पहिलो पालिका अधिवेशन (मंगलबार) भोलि देशभर एकैसाथ हुदैछ । पार्टीका अध्यक्ष केपी शर्मा ओलीले एकसाथ भर्चुअल उद्घाटन गर्ने जनाईएको छ ।
तनहुँका १० स्थानीय तहमा पनि आजनै तयारी गरिएको छ । सकभर सर्वसम्मत पालिका हाँक्ने नेतृत्वको टुंगो लगाउने तयारी गरेको नेकपा एमालेको जिल्ला नेतृत्वले बताएको छ ।
जिल्लाको शुक्लागण्डकी नगरपालिकामा हुने अधिवेशन दुलेगौंडास्थित ह्वाईट हाउस पार्टी प्यालेसमा हुने एमालेका नगर अध्यक्ष मुक्तिनाथ तिमिल्सिनाले बताए ।
अधिवेशनले शुक्लागण्डकीमा ८१ सदस्यीय नगर कमिटि गठन गर्ने उनले जनाए । जसमा एक एक जना अध्यक्ष, उपाध्यक्ष, सचिव सहित दुई जना उपसचिव चयन हुनेछन् । पालिका अधिवेशनका लागि वडा अधिवेशनबाट चयन भएका २८४ जना प्रतिनिधिहरु प्रत्यक्ष उपस्थित हुने तिम्लिसिनाले बताए ।