दमौली । तनहुँको व्यास नगरपालिका–१ मोहरियाटार स्थित काशीराम पन्थको घरबाट तास खेलिरहेको अवस्थामा प्रहरीले ७ जना जुवाडे पक्राउ गरेको छ । पक्राउ पर्नेमा घरधनी काशीराम पन्थ सहित हरी बहादुर पन्थ, सुरज पन्थ, उमानन्द तिवारी, बिनोद पन्थ, तिलक बहादुर गुरुङ, प्रमनध्वज थापा मगर रहेका छन् ।
प्रहरीले गोप्य सुचनाको आधारमा शनिबार निज पन्थको घरमा खानतलासी गर्दा तास खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । निजहरुबाट नगद ४७ हजार ६ सय ८० रुपौयाँ सहित १५९ थान तासका पत्तिहरु बरामद गरेको छ । पक्राउ परेकाहरुलाई प्रहरीले जुवा सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय तनहुँबाट म्याद थप गरि अनुसन्धान भईरहेको प्रहरी नायव उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।