हरि खरेल/दुलेगौंडा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले भोलि (शनिबार) देशैभरी पहिलो पटक वडा अधिवेशन गर्ने भएको छ । जस अन्र्तगत शुक्लागण्डकी नगरपालिकामा पनि अधिवेशनको लागि तयारी भईरहेको छ ।
आज बेलुका ४ बजेसम्म अधिवेशनको लागि सदस्यता नविकरणको कार्य भएको नेकपा एमाले शुक्लागण्डकी नगर कमिटीका अध्यक्ष मुक्ति तिमिल्सेनाले जानकारी दिए । उनका अनुसार भोलि हुने अधिवेशनमा प्राय वडामा सर्वसम्मत हुने छ । ‘हिजो माओवादीसंग हुदाँ प्रतिसपर्धा हुन्थ्यो । गुठ पनि थियो, भरर्खर गुठ सक्किएको बेला प¥यो, त्यसो भए पछि एउट गुठमा अलि सजिलो भयो ।’ उनले भने, “त्यसैले भोलि हुने अधिवेशनमा धेरै ठाउँमा सर्वसम्मत नै हुन्छ । एका दुई अपवाद भन्न सकिदैन ।”
शुक्लागण्डकी नगरपालिका भित्रका प्राय वडामा उमेदवारी पहिलाकै (पहिले वडा कमिटीमा रहेका) हुन सक्ने अध्यक्ष तिमिल्सेनाले बताए । “पहिला अध्यक्ष र सचिवको पद मात्र हुन्थ्यो तर यस पटक बहुपद पनि रहेको हुना आकाक्षीहरुले अन्य पदमा उम्मेदवारी दिन सक्ने हुदाँ सर्वसम्बत हुन सक्ने छ ।”उनले भने ।
शुक्लागण्डकी नगरपालिकामा करिब १५ भन्दा बढी नेकपा एमालेको पार्टी सदस्यता लिएका व्यक्तिहरु रहेका छन । जसमा भोलि हुने वडा अधिवेशनमा करिब १२ सय भन्दा बढी सहभागि हुने नेकपा एमाले शुक्लागण्डकी नगर कमिटीका सदस्य तिर्थराज खनालले जानकारी दिए ।