भिमाद । नेपाली कांग्रेसका वरिष्ट नेता रामचन्द्र पौडेलले नेपाल कम्युनिष्ट पार्टी टुक्रा टुक्रा भईसकेको बताएका छन् । आज नेपाली कांग्रेस भिमाद नगर कमिटिले आयोजना भएको शुभकामना आदनप्रदान कार्यक्रमलाई सम्बोधन कम्युनिष्टहरु टुक्रा टुक्रा भई अन्यौलता, दिशाहिनता र अन्धकार बाटोमा अगाडी बढेको बताएका छन् ।
कम्युनिष्ट पार्टीले देशमा केही समय अगाडीसम्म सफलता हासिल गरेको देखिएता पनि त्यो केबल मान्छेलाई झुक्याउने नाटक रहेको नेता पौडेलले भनाई छ । पौडेलका अनुसार निर्वाचनमा दुइ तिहाइ बहुमत ल्याएको पार्टी आज आफैमा चकनाचुर भई पराजित भईसकेको छ । “कम्युनिष्टहरु कहाँ जाने हो, ठेगान छैन् ?, उद्देश्य के हो पत्तो छैन्?” नेता पौडेलले भने–“यिनिहरुले सत्ता उपभोग गरे, शासनमा पुगे, जनतालाई झुक्याए, केही समय मोटर चडे, केही समय सत्ताको झिसलमिलि देखाए, अब यिनिहरुको अस्तित्व बिस्तारै सेलाएर जान्छ ।”
नेता पौडेलले अरु फुटेर आफु बलियो हुने नभई आफ्नो शक्ति आफु भित्रैबाट बाहीर ल्याएर बलियो हुनुपर्ने बताए । साथै नेपाली कांग्रेसले आम जनताको विश्वास जितेर सारो बहुमत जनताको पार्टी हुनुपर्ने नेता पौडेलको भनाई छ । “नेपालमा लोकतन्त्रवादी शक्तिको प्रतिक नेपाली काङ्ग्रेस हो भने अधिनायकवादी शक्तिको प्रतिक कम्युनिष्ट पार्टी हो ।” उनले भने, “अब कांग्रेस हार्नु हुदैन्, कांग्रेस हार्दा नेपालमा लोकतन्त्र हार्छ, राष्ट्रियता हार्छ, नेपालको विकास हार्छ ।”