दुलेगौंडा । शुक्लागण्डकी नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ को लागि १ अर्ब १३ करोड ५४ लाख ४९ हजार अनुमानि बजेट पेश गरेको छ । नगर उपप्रमुख खुमबहादुर विक (राजु)ले नगर सभा तथा १९ ओैं नगर अधिवेशनमा प्रस्तावित वजेट पेश गरेका हुन् ।

अनुमानि बजेटबाट पुर्वाधार तर्फ ३ करोड ५१ लाख ७८ हजार, सामाजिक विकास तर्फ ३ करोड ४२ लाख ५२ हजार, आर्थिक विकास तर्फ ९२ लाख ५७ लाख, वातावरण तथा विपद व्यवस्थापन तर्फ ९२ लाख ५७ हजार खर्च गरिने छ । यसैगरी सुशासन तथा संस्थागत विकास तर्फ ४६ लाख २८ हजार, चालू प्रशासनिक खर्च १६ करोड, अनिवार्य दायित्व भुक्तानी तर्फ १० करोड, राजश्व फिर्ता तर्फ १ करोड, जनसहभागिता तर्फ १ करोड ५० लाख र वडागत सिलिङतर्फ ९ करोड २५ लाख ७४ हजार खर्च हुने अनुमान नगर सभामा प्रस्तुत भएको थियो ।

नगर सभाले शुक्लागण्डकी नगरपालिकाको आर्थिक विधेयक २०८३ र शुक्लागण्डकी नगरपालिकाको सार्वजनिक खरिद नियमावली २०७६ (संशोधन २०८३) नगर सभामा पेश गरि पारित गरेको छ ।












