दुलेगौंडा । भानुभक्त बहुमुखी क्याम्पसमा अनुसन्धान लेख तथा शैक्षिक लेखनसम्बन्धी दुईदिने प्रशिक्षण सहित कार्यशाला सम्पन्नन भएको छ । स्नातक तहमा विद्यार्थीले अनुसन्धान प्रतिवेदन तयार गर्नुपर्ने हुदाँ व्यवस्थित अनुसन्धान प्रतिवेदन लेख्ने क्षमताको विकास गराउन कार्यशाला आयोजना गरिएको हो ।

विद्यार्थीले स्नातक तहमा नतिजा हासिल गर्नकै लागि मात्रै प्रतिवेदन लेख्न नभइ अनुसन्धानको यथार्थलाई उजागर गर्न तालिमले सहयोग गरेको क्याम्पस प्रमुख अन्तमान श्रेष्ठले बताए । विद्यार्थीले व्यवहारीक र स्थलगत अनुसन्धानको सारथीको रूपमा तालिमले सहयोग पुर्याउने उनको भनाइ छ ।

भानुभक्त क्याम्पस अनुसन्धान विभाग प्रमुख मनोज अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सहायक क्याम्पस प्रमुख धनप्रसाद पोख्रेल, सञ्चालक समिति सदस्य संगिता ढकाल, प्राध्यापक संघका सभापति निरोज भट्टराई, स्ववियु सभापति मिलन थापा मगर, विद्यार्थी रूचि कार्की लगायतले अनुभव मन्तव्य राखेका थिए । २ दिनसम्म सञ्चालित तालिममा प्रोफेसर डा. लेखनाथ भट्टराई र सा प्राध्यापक पित्रिराज वास्तोलाले सहजिकरण गरेका थिए । समापन कार्यक्रममा सा प्राध्यापक पशुपति अर्यालले कार्यक्रम सञ्चालन गरेका थिए ।












