दुलेगौंडा । शहीदकृष्ण माध्यमिक विद्यालयमा गतबर्ष १५ विद्यार्थीमा २ जना मात्रै उत्तीर्ण रहेकोमा यस बर्ष ८७.५ प्रतिशत विद्यार्थीलाई उत्तीर्ण भएका छन् ।
यसबर्ष एसइइ परीक्षामा १६ जना सहभागी हुदाँ १४ जना ग्रेडेड भएका हुन् । परीक्षामा ३.२-३.६ जिपिए ल्याउने ७ जना, २.८-३.२ जिपिए ल्याउनेमा ५ जना र २.४-२.८ जिपिए ल्याउनेमा २ जना रहेका छन् । २ जना विद्यार्थीको एनजि (नन ग्रेडेड) भएका छन् । विगतको तुलनामा यसबर्ष नतिजामा तुलनात्मक सुधार भएको देखिन्छ ।













