दुलेगौंडा । माध्यमिक शिक्षा परीक्षा (एसइइ)मा माउण्ट अन्नपूर्ण एकेडेमी, खैरेनीटारले सतप्रतिशत नतिजा निकालेको छ । १९ विद्यार्थी परीक्षामा सहभागी रहेकोमा १९ जना विद्यार्थी ग्रेडेड भएका हुन् ।
परीक्षामा ३.६-४.० जिपिए ल्याउनेमा ४ जना, ३.२-३.६ जिपिए ल्याउने ८ जना, २.८-३.२ जिपिए ल्याउनेमा ५ जना र २.४-२.८ जिपिए ल्याउनेमा २ जना रहेका छन् ।













