दुलेगौंडा । यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै सार्वजनिक यातायातको भाडादरमा वृद्धि गरेको छ । विभागले अन्तरप्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातमा भाडा बढाएको हो । बढेको भाडा आज बुधबारदेखि नै लागू हुने विभागले जनाएको छ ।
अन्तरप्रदेश यात्रुबाहक सवारी, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनमा समान ५–५ प्रतिशतका दरले भाडा बढाइएको छ ।














