दुलेगौंडा । शुक्ला साहित्य संगम तनहुँको अध्यक्षमा जुनु खड्का चयन भएकी छिन् । शनिबार दुलेगौंडामा सम्पन्न संस्थाको २३ औँ वार्षिकोत्सव तथा ९ औँ अधिवेशनले खड्काको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
साहित्य संगमको वरिष्ठ उपाध्यक्षमा सरस्वती सिग्देल(लक्ष्मी), उपाध्यक्षमा युवराज पौडेल, सचिवमा यामप्रसाद सापकोटा, कोषाध्यक्षमा कल्पना गैह्रे सुवेदी र सहसचिवमा विष्णु पराजुली चयन हुनुभएको छ ।
यस्तै सदस्यहरुमा यदुनाथ शर्मा पौडेल, उर्मिला थापा, दुर्गाबहादुर नेपाली, ज्योति लामिछाने, विनिता परियार, तुलाराम थापा, गोविन्द केसी, विष्णु थापा र उदित पोख्रेल रहेका छन् ।












