दुलेगौंडा । लायन्स क्लब अफ तनहुँ शुक्लागण्डकी सिस्टर्सले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा खैरेनी माध्यमिक विद्यालयकी स्मारिका घिमिरे प्रथम भएकी छन् । `सामाजिक क्षेत्रमा लायन्स क्लबको भूमिका´ शीर्षकको वक्तृत्वकलामा प्रथम भएसंगै घिमिरेले नगद ३ हजार ५ सय साथमा प्रमाणपत्र प्राप्त गरेकी छिन् ।

यसैगरी प्रतियोगितामा जनकल्याण माविकी आरध्या आचार्य द्वितीय, गाफा माविकी सलिना घिमिरे तृतीय र सरस्वती नमुना माविकी मधु जैसवाल सान्त्वना भएकी छिन् । प्रतियोगितामा द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः २ हजार ५ सय, १ हजार ५ सय र १ हजार साथमा प्रमाणपत्र प्राप्त गरेका छन् ।
क्लबका अध्यक्ष विर्षना श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा लायन्सका डिष्ट्रिक क्याबिनेट सेक्रेटरी सुजित हिराचन लगायतको उपस्थिति रहेको थियो । प्रतियोगितामा ९ विद्यालय सहभागी रहेको थियो । प्रतियोगिताको निर्णायकमा महदत्त पोख्रेल, यज्ञप्रसाद कंडेल र साेमराज रेग्मी रहेका थिए ।












