यसैगरी बस दुर्घटनामा शुक्लागण्डकी-४ का ४५ बर्षिय साेमप्रसाद मल्ल र शुक्लागण्डकी-१२ का १९ बर्षिय सदिक्षा हमाल घाइते भएका छन् । घाइतेको अवस्था मध्यम रहेकाे र उनीहरूको हाल ट्रमा सेन्टरमा उपचार भइरहेको छ । यसैगरी शुक्लागण्डकी-४ का १८ बर्षिय घाइते सुविल मल्लको नेश्नल मेडिकलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ
धादिङमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ भने २५ जना घाइते भएका छन् । सोमबार बिहान साढे १ बजे बेनिघाट रोराङ गाउँपालिका-५ भैसीगौडास्थित पृथ्वी लोकमार्गमा ग २ ख १४२१ नम्बरको बस दुर्घटना भएको थियोे ।















