दुलेगौंडा । लायन्स क्लब अफ इन्टरनेशनल ३२५ एम नेपालको तेस्रो डिष्ट्रिक क्याबिनेट मिटङ्गमा स्थानीय उत्पादन प्रदर्शनी तथा विक्री गरिने भएको छ ।
शुक्लागण्डकीमा जारी तेस्रो डिष्ट्रिक क्याबिनेट मिटिङ्गमा शुक्लागण्डकी सहित म्याग्दे गाउँपालिकाको स्थानीय उत्पादनलाई स्टलमा राखेर विक्री वितरण गरिने लायन्सका सदस्य सुमन सापकोटाले बताए । यस कार्यले स्थानीय उत्पादनलाई बजारीकरण गर्नमा सहयोग पुर्याउने उनको भनाइ छ ।
तेस्रो डिष्ट्रिक क्याबिनेट मिटिङ्गले शुक्लागण्डकीको स्थानीय उत्पादनलाई प्राथमिकता दिनुका साथै धार्मिक एवम् पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा समेत सहयोग पुर्याउने कार्यक्रम संयोजक बरदान क्षेत्रीले बताए । आजदेखि शुक्लागण्डकी नगरपालिकाको सभाहलमा सुरू भएको कार्यक्रम फागुन ९ गतेसम्म गते हुने छ ।












