दुलेगौंडा । मुक्तिनाथ शुक्लागण्डकी च्यवन धामले आयोजना गरेको सातौं संस्करणको खुला भजन कीर्तन प्रतियोगितामा महेश्वर खनाल भजन समूह प्रथम भएको छ । प्रतियोगितामा सहभागी १० समूहलाई पछि पार्दै महेश्वर खनाल समूहको भजन प्रथम भएको हो । जितसंगै समूहले नगद ५१ हजार साथमा प्रमाणपत्र प्राप्त गरेको छ ।
यसैगरी प्रतियोगितामा पञ्चासे भजन समूह द्वितीय, धर्मस्थली भजन समूह तृतीय, शिशुवन सत्सङ्ग र जुरेथुम बाल भजन समूह सान्त्वना भएको छ । प्रतियोगितामा द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः २५ हजार, १५ हजार र समान ५/५ हजार साथमा प्रमाणपत्र प्राप्त गरेको छ ।

मुक्तिनाथ च्यवन धाम विकास समितिका अध्यक्ष हाेमनाथ लम्सालको सभापतित्वमा सम्पन्न कार्यक्रम शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डित, उपप्रमुख खुमबहादुर विक राजुफ वडाध्यक्ष सुमनबहादुर राना लगायतले पुरस्कार वितरण गरेका थिए भने कार्यक्रमको सञ्चालन शंकर पन्तले गरेका थिए ।













