दुलेगौंडा । कवासेटार खानेपानी तथा सरसफाइ उपभोक्त समितिको अध्यक्षमा टेकनाथ सुवेदी चयन भएका छन् । समितिको १४ साधारणसभा तथा ७ ओैं अधिवेशनले सुवेदीको अध्यक्षतामा १० सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा तिर्थराज गर्ताैला, सचिवमा राम लम्साल, काेषाध्यक्षमा कुलप्रसाद न्याैपाने, सचिवमा भविसरा रसाइली चयन भएका छन् । यसैगरी सदस्यमा यामबहादुर बराल, तारा सुवेदी गर्ताैला, शारदा वाग्ले, अम्बिका पाैडेल, पुतली श्रेष्ठ र सुरज भण्डारी चयन भएका छन् ।
कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डितले स्वच्छ पानी पिउन पाउने सबैको नैसर्गिक अधिकार रहेको बताउदै पानीको मुहान संरक्षणमा सबैपक्ष तदारुकताको साथ लागि पर्नुपर्ने बताए । साथै मुहान र संरक्षण क्षेत्रमा वृक्षारोपण गर्नुका लागि स्थानीय पालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
समितिका अध्यक्ष मिलन पाैडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा शुक्लागण्डकी-३ का वडाध्यक्ष सचिन भुजेल, जिल्ला खानेपानी तथा सरसफाइ कार्यालय तनहुँका दधिराज पाैडेल, खानेपानी महासंघका केन्द्रीय उपाध्यक्ष रमचन्द्र उपाध्याय, कवासेटार खानेपानीका पूर्व अध्यक्ष ठानप्रकाश न्याैपाने लगायतले मन्तव्य रखेका थिए । कार्यक्रमको सञ्चालन कार्यवाहक सचिव राम लम्सालले गरेका थिए ।












