दुलेगौंडा । साहित्यका विमल जिसीकाे `काली´ मुक्तक सङ्ग्रह विमोचन भएको छ । शुक्ला साहित्य सङ्गमले एक कार्यक्रमबिच उनको कृति `काली´ विमोचन गरिएको हो ।
साहित्यकाे समीक्षा गर्दै समिक्षक जनार्दन दाहालले `काली´ मुक्तक सङ्ग्रह मानवमा प्रेमकाे भावना उजागर गर्ने कृति रहेको बताए । केही सामाजिक, राजनीति विषय मुक्तकमा रहेपनि अधिकांश कविता प्रेमसंग सम्बन्धित रहेको उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै नगरप्रमुख कृष्णराज पण्डितले साहित्य समाजको ऐना रहेको हुदाँ साहित्यको माध्यमबाट सभ्य समाज निर्माणमा जोड दिन आग्रह गरे ।
कार्यक्रममा उपप्रमुख खुमबहादुर विक (राजु)ले पुस्तकलाई समातेर पढ्न सके मात्रै त्यसको अनुभुती गर्न सकिने बताए । साथै पुस्तक किनेर पढ्ने बानी बसाल्न आवश्यक रहेको जिकिर गरे ।

सङ्गमकी अध्यक्ष टुकादेवी आचार्य पाैडेलको सभापतित्वमा सम्पन्न कार्यक्रम शुक्लागण्डकी-३ का वडाध्यक्ष सचिन भुजेल, संस्थाका संरक्षक शेषमणि आचार्य, विर्षना श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए भने संस्थाकी सचिव जुनु खड्काले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।
गजलकार, गितकार, चित्रकार एवम् जनप्रतिनिधि समेत रहेका विमलकाे पहिलो कृति `हो है´ पश्चात् दाेस्रो कृतिको रूपमा `काली´ प्रकाशनमा ल्याएका हुन् । यश कृतिमा २१७ मुक्तक रहेका छन् ।













