दुलेगौंडा । साहित्यका विमल जिसीकाे साहित्यिक कृति `काली´ र साहित्यका करूणा उदासीकाे `हाम्रो तनहुँ राम्रो तनहुँमा (किहँ)´ विमोचन भएको छ । शुक्ला साहित्य सङ्गम तनहुँले एक कार्यक्रम गरि दुई कृतिको संयुक्त विमाेचन गरेकाे हाे ।
कार्यक्रममा बोल्दै नगरप्रमुख कृष्णराज पण्डितले साहित्य समाजको ऐना रहेको हुदाँ साहित्यको माध्यमबाट सभ्य समाज निर्माणमा जोड दिन आग्रह गरे ।

कार्यक्रममा उपप्रमुख खुमबहादुर विक (राजु)ले पुस्तकलाई समातेर पढ्न सके मात्रै त्यसको अनुभुती गर्न सकिने बताए । साथै पुस्तक किनेर पढ्ने बानी बसाल्न आवश्यक रहेको जिकिर गरे ।
सङ्गमकी अध्यक्ष टुकादेवी आचार्य पाैडेलको सभापतित्वमा सम्पन्न कार्यक्रम शुक्लागण्डकी-३ का वडाध्यक्ष सचिन भुजेल, संस्थाका संरक्षक शेषमणि आचार्य, विर्षना श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए भने संस्थाकी सचिव जुनु खड्काले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

कार्यक्रममा `काली´ कृतिको समीक्षा साहित्यकार एवम् शिक्षक जनार्दन दाहालले गरेका थिए भने `हाम्रो तनहुँ राम्रो राम्रो तनहुँमा (किहुँ)´ कृतिकाे समीक्षा सुरज लम्सालले गरेका थिए ।













