दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका-३ मा रहेकाे शहिदकृष्ण माध्यमिक विद्यालयको ३२ ओैं बार्षिकाेत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ ।
कार्यक्रममा बाेल्दै शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डितले विद्यार्थीलाई सैद्धान्तिक ज्ञान मात्रै नभई नैतिक र व्यवहारिक सिप विकास गराउनुपर्ने बताए । नगरले पनि शैक्षिक क्षेत्रमा लगानी वृद्धि गरेको बताउदै शैक्षिक गुणस्तर वृद्धिमा विद्यालय, विद्यार्थी र अभिभावकले सहयोग गर्न आग्रह गरे ।

विव्यस अध्यक्ष परशुराम शर्मा भण्डारीकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विक (राजु), शुक्लागण्डकी-३ का वडाध्यक्ष सचिन भुजेल, वडा ४ का अध्यक्ष राजकुमार वाग्ले, शिक्षाप्रेमी माेतीप्रसाद पाैडेल, सरस्वती नमुन माविका सहायक प्रधानाध्यापक सञ्जिब श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ऋषि लामिछानेले बार्षिक विवरण प्रस्तुत गरेको थिए भने शिक्षक भरत पाैडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियाे ।
कार्यक्रममा विद्यार्थीहरूले शैक्षिक सामग्री प्रदर्शन गर्नुका साथै संस्कृतिक नृत्य र नाटक प्रस्तुत गरेका थिए भने शिक्षकहरूले भजन प्रस्तुत गरेका थिए ।













