दुलेगौंडा । पञ्चमुनिदेव माध्यमिक विद्यालयको ५६ औं बार्षिकोत्सवको अवसरमा आयोजित मिनि म्याराथन दौड प्रतियोगितामा छात्रतर्फ समिर कार्की प्रथम भएका छन् । कोत्रेदेखि पञ्चमुनिदेव माविसम्मको ७ किलोमिटर दौड समिरले १९ मिनेट ५ सेकेन्डमा पार गर्दै प्रथम भएका हुन् ।

यसैगरी दौड प्रतियोगितामा सुरज हमाल द्वितीय भएका भएका छन् । हमालले निर्धारीत दुरी १९ मिनेट १५ सेकेन्डमा पार गरेका थिए । प्रतियोगिताम भोजबहादुर गैह्रेले निर्धारीत दुरी २० मिनेट ४ सेकेन्डमा पार गर्दै तृतीय र हरिश्चन्द्र राईले २० मिनेट ४५ सेकेन्डमा निर्धारीत दुरी पार गर्दै सान्त्वना भएका छन् । प्रतियोगिताको विजेताले नगद ५ हजार, उपविजेताले ३ हजार, तृतीयले २ हजार र सान्त्वनाले १ हजार साथमा प्रमाणपत्र प्राप्त गर्ने विद्यालयका सूचना अधिकारी लक्ष्मण लम्सालले बताए ।

यसैगरी खैरेनीटारदेखि पञ्चमुनिदेव माविसम्मको ३ किलोमिटर छात्रा दौडमा मनकुमारी लामा प्रथम, वविना तामाङ द्वितीय, सञ्जिता विक तृतीय र आशिका दर्जी सान्त्वना भएकी छिन् । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः ५ हजार, ३ हजार, २ हजार र १ हजार साथमा प्रमाणपत्र प्राप्त गर्ने छन् ।













