दुलेगौंडा । महिला उद्यमी संघ नेपाल शुक्लागण्डकी नगर इकाई समितकाे अध्यक्षमा सपना पराजुली सिग्देल चयन भएकी छिन् । समितिकाे तेस्रो साधारणसभा तथा दाेस्राे अधिवेशनले पराजुलीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समितिकाे उपाध्यक्षमा रजनी थापा, सचिवमा पार्वती पाैडेल, सहसचिवमा कमला सिग्देल र काेषाध्यक्षमा मायादेवी पाैडेल चयन भएका छन् । यसैगरी सदस्यमा विनिता मुडवरी, विना खनाल, रञ्जना पाैडेल रिमाल, गंगा पाैडेल लम्साल, पार्वती थापा, सरस्वती गाैतम, विन्दु पाैडेल र मनिसा श्रेष्ठ चयन भएका छन्
कार्यक्रममा बाेल्दै शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डितले महिलाकाे नेतृत्वमा रहेकाे अधिकांश संस्था सफलताको शिखरमा रहेको बताए । महिला उद्यमी संघ शुक्लागण्डकीले पनि नगरभित्रका महिलाहरूलाई उद्यमी बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।
संस्थाकी अध्यक्ष तुलसी शाहकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा शुक्लागण्डकी नगर उद्याेग वाणिज्य संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठ, महिला उद्यमी संघ तनहुँकि अध्यक्ष निर्मला मल्ल, सचिवसरू श्रेष्ठ लगायतले बाेलेका थिए । कार्यक्रममम संस्थाकी काेषाध्यक्ष रजनी थापाले आयव्यय सार्वजनिक गर्नु भएको थियाे भने संस्थाकि सचिव सपना पराजुलीले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।












