दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका-१२ मान्के स्थित क्याङ्दी खाेलामा पाैडी खेल्दा डुबेर बालककाे मृत्यु भएको छ । मृत्यु हुनेमा लामागाँउ निवासी १७ बर्षिय चक्रमान गुरूङ रहेकाे इलाका प्रहरी कार्यालय बेलचाैताराले जनाएको छ ।
बुधबार दिउसाे २ बजे साथीसंग पाैडी खेल्न गएका गुरूङ पानीमा डुबेका थिए । संगैकाे साथी पानीबाट बाहिर नआएपछि संगैकाे साथीले आफन्तलाई खबर गरेका थिए तत्पश्चात स्थानीय र आफन्तले खाेजि गर्दा फेला नपरेपछि बिहिबार प्रहरीकाे उद्धार टाेलि क्याङ्दी खाेलामा पुगेकाे थियाे । पानीमुनि खाेजि कार्य गर्दा बिहीबार दिउसो गुरूङकाे शव फेला परेको स्थानीय मिलन पाैडेलले बताए ।













