दुलेगौंडा । नेपाली काम्युनिष्ट पार्टी (नेकपा)ले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि तनहुँको उम्मेद्वार टुङ्गो लगाएको छ ।
पार्टीले तनहुँ क्षेत्रनम्बर १ मा विद्यानाथ ढकाल र तनहुँ क्षेत्रनम्बर २ मा सोमबहादुर थापा(एस.बी.थापा) लाई उम्मेद्वार बनाएको हो । माओवादी केन्द्र, समाजवादी सहितको पार्टी एकिकरणपछि बनेको नेकपाले पाँच कुने तारा चुनाव चिह्न लिएर चुनावी मौदानमा उत्रिने छन् ।













