दुलेगौंडा । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा एमालेले तनहुँ क्षेत्रनम्बर १ मा भगवती न्यौपाने र तनहुँ क्षेत्र नम्बर २ मा केदार सिग्देललाई उम्मेद्वार बनाउने भएको छ । पार्टीको शनिबार बसेको केन्द्रीय सचिवालय बैठले तनहुँ लगायत देशभरका विभिन्न क्षेत्रमा उम्मेद्वार टुङ्गो लगाएको हो ।
भगवती न्यौपाने जेन–जी आन्दोलन अघिसामान्य प्रशासन मन्त्रालयको मन्त्री समेत रहेकी थिइन् भने केदार सिग्देल २०७४ को निर्वाचनमा तनहुँ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।













