दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका-२ एक्लेखेतमा रहेकाे हंशवाहिनी माध्यमिक विद्यालयकाे ६६ ओैं बार्षिकाेत्सव तथा ५४ ओैं अभिभमवक दिवस सम्पन्न भएको छ ।

कार्यक्रममा बाेल्दै शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डितले शैक्षिक गुणस्तर निर्माणमा समुदाय, अभिभावक, शिक्षक र विद्यार्थी सक्रिय हुनुपर्ने बताए ।
बार्षिकाेत्सवकाे अवसरमा विद्यार्थीहरूले शैक्षिक प्रदर्शनी गर्नुका साथै साँस्कृतिक प्रस्तुति राखेका थिए । बार्षिकाेत्सव कार्यक्रममा निवर्तमान शिक्षक इन्द्रप्रसाद पाैडेल र निवर्तमान कार्यालय सहयोगी भगवती भुजेललालाई सम्मान गरिएकाे छ ।

विव्यस अध्यक्ष ज्याेती प्रकाश तिमल्सेनाकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा शुक्लागण्डकी-२ का वडाध्यक्ष सुमन बहादुर राना मगर, लायन्स क्लब अफ शुक्लागण्की सिस्टरकाे अध्यक्ष विर्षना श्रेष्ठ, पूर्व शिक्षक माधवप्रसाद खनाल, पूर्व प्रअ विजयराज पाैडेल, पूर्व विव्यस अध्यक्ष ध्रुवराज पाैडेल, गाेपि बहादुर गुरूङ लगायतले बाेलेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कविराज खनालले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रम सञ्चालन अप्सरा अधिकारी गरेकी थिइन ।
हंशवाहिनी माध्यमिक विद्यालयमा कक्षा १२ सम्म अध्ययन अध्यापन गराइन्छ । हाल यस विद्यालयमा २०५ जना विद्यार्थी अध्ययन गरिरहेका छन् ।













