भिमाद — बेस्ट ब्वाइज क्लब भिमादले आयोजना गरेको फस्ट बेस्ट ब्वाइज भलिबल फेस्ट आजदेखि भिमाद रंगशालामा सुरु हुँदैछ।
प्रतियोगिताको पहिलो दिन आज दुई खेल सञ्चालन हुनेछन् । उद्घाटन खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) क्लब र जिएम समाज कावासोतीबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो खेलमा जोन घले हार्वेष्टिङ अष्ट्रेलिया गोरखा र न्यू होराइजन भलिबल क्लब आमनेसामने हुनेछन्। यसै दिन लोकप्रिय गायिका समिक्षा अधिकारीको विशेष सांगीतिक प्रस्तुति पनि रहने आयोजकले जनाएको छ।
राउण्ड रोबिनको आधारमा प्रतियोगिता सञ्चालन हुने छ । प्रतियोगिताको विजेताले ३ लाख १ हजार ९९ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले २ लाख १ सय ९९ रुपैयाँमा चित्त बुझाउनेछ। सान्त्वना हुने दुई टोलीले जनही ५०–५० हजार रुपैयाँ प्राप्त गर्नेछन्।
विधागत पुरस्कारतर्फ सर्वोत्कृष्ट खेलाडीलाई २० हजार रुपैयाँ प्रदान गरिनेछ। साथै उत्कृष्ट सर्भर, सेटर, ब्लकर, लिब्रो, स्पाइकर र प्रशिक्षकलाई जनही १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।














