दुलेगौंडा । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले पाँचाै संस्करणको शुक्लागण्डकी महाेत्सवकाे मिति घाेषणा गरेको छ । संघकाे साताैं बार्षिक साधारणसभाले महाेत्सवकाे मिति ताेेकेकाे हाे ।
संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठले माघ २८ गतेदेखि फागुन १० गतेसम्म महाेत्सव सञ्चालन गर्ने तयारी गरेको बताए । उनले महाेत्सवलाई सफल पार्न सम्पूर्ण उद्याेगी व्यवसायीले साथ सहयोग गर्नुपर्ने बताए ।












